World Leprosy day 2022 AD "United for Dignity"
विश्व कुष्ठरोग दिवश प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठप्रभावितप्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिबद्ध थिए गान्धी । फ्रान्सका प्रसिद्ध मानवतावादी एमआर फेलोरियोले गान्धीब
२०७८ माघ ८ शनिबार, बिहान ८:४९ बजे४ मिनेट पढाइ

विश्व कुष्ठरोग दिवश प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठप्रभावितप्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिबद्ध थिए गान्धी ।
फ्रान्सका प्रसिद्ध मानवतावादी एमआर फेलोरियोले गान्धीबाट प्रभावित भई उनकै प्रेरणाबाट कुष्ठरोग दिवस मनाउन थालेका कुराहरु सुन्नमा अईरहेको छ । यस दिवसको अभियानको उत्प्रेरणाले विश्वभर कुष्ठरोगको निवारण, न्यूनीकरण तथा प्रभावितप्रति हुने भेदभावमा कमी हुँदै आइरहेको छ ।
‘पापको घडा भरिए’पछि कुष्ठरोग लाग्ने र यो रोग लागेकाहरु अक्षम्य पापी हुन् भन्ने जस्ता अनेकन अपमानजनक भ्रम समाजमा व्याप्त छ । समाजका अन्तर कुन्तरमा यो ‘महापाप’ भन्ने जस्ता परम्परागत मान्यता छन् ।
कुष्ठरोगको त्यो पीडापछि नेपाली समाजले त्यो रोगलाई असमान्य रुपमा हेरेको हो । अथवा, अझै पनि पुराना पुस्ताका मानिसहरु कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्छन् । उतिबेला यो रोगको औषधि–उपचार हुँदैनथ्यो । अब त नियमित औषधि प्रयोगबाट यो रोग निको पार्न सकिन्छ
नेपालबाट पनि कुष्ठरोग निवारणको घोषणा गरिएको भए पनि निवारणको स्थितिबाट थप न्यूनीकरणतर्फ उन्मुख हुनु तथा कुष्ठरोगको कारण अपांगता, असहाय तथा विपन्न भएकालाई समुचित व्यवस्थापन गर्दै जानु अहिलेको चुनौती हो ।
विश्वबाट कुष्ठरोग निर्मूल गरिए पनि अझै पूर्णरूपमा उल्मूलन हुन सकेको छैन । कुष्ठप्रभावित आर्थिक, मानसिक र शारीरिक रूपले अझै पीडित छन् । कुष्ठरोगको न्यूनीकरण तथा प्रभावितप्रतिको भेदभावको अन्त्य आजको आवश्यकता हो ।
चेतनामूलक कार्यक्रमको माध्ययमबाट यसको न्यूनीकरण गर्न सकिन्छ तर रोग लुकाउने र रोग लागेका व्यक्तिका परिवार पनि रुढिवाढी चिन्तनको पछि लागेर घरमा कुष्ठरोग लागेको व्यक्ति भएको बताउन नचाहने परम्पराले यसको उल्मूलनमा बाधा उत्पन्न भएको छ । आधुनिक औषधोपचारले कुष्ठरोग निको हुने भए पनि समाजमा यो रोगप्रतिको नकारात्मक धारणा, अन्धविश्वास र भ्रम अन्त्य गर्नु र उनीहरूलाई समाजमै पुनस्र्थापना गराउनु आजको चुनौती हो ।
विश्व स्वास्थ्य संगठनले यस रोगलाई विश्वका सबै राष्ट्रबाट प्रति दस हजार मानिसमा एकभन्दा कममा झारी निवारण गर्ने कार्यक्रम राखेकोमा पूर्णतः सफल भएको छ ।
नेपालमा सन् २०२१ सम्ममा एक लाख ७८ हजारभन्दा बढी कुष्ठरोग लागेका व्यक्तिले बहुऔषधि उपचार विधिबाट उपचार पूरा गरेका छन् । कुष्ठरोगको कारण हालसम्म करिब ३० हजार जना अपांग भएको अनुमान छ । कुष्ठरोग समयमै पत्ता लगाई उपचार गरेमा कुरूप तथा अंगभंग हुनबाट जोगिनुका साथै रोग निको हुनेमा सन्देह छैन ।
भेदभाव अन्त्यको लागि विभिन्न क्याम्पस, स्कुलहरूमा प्रशिक्षण दिनुका साथै सञ्चारमाध्यमबाट सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेका छन् । त्यसैगरी प्रभावित जिल्लामा स्किन क्याम्पमार्फत कुष्ठरोगका बिरामीको पहिचान गरी उपचारमा सहजीकरण गर्दै आइरहेका छन् ।
तर रोग लुकाउने र रोग लागेका व्यक्तिका परिवार पनि रुढिवाढी चिन्तनको पछि लागेर घरमा कुष्ठरोग लागेको व्यक्ति भएको बताउन नचाहने परम्पराले यसको उन्मूलनमा वाधा उत्पन्न भएको छ । आधुनिक औषधोपचारले कुष्ठरोग निको हुने भए पनि समाजमा यो रोगप्रतिको नकारात्मक धारणा, अन्धविश्वास र भ्रम अन्त्य गर्नु र उनीहरूलाई समाजमै पुनस्र्थापना गराउनु आजको चुनौती हो ।
शैक्षिक कार्यक्रम तथा व्यावसायिक तालिमको माध्यमबाट कुष्ठप्रभावितको शारीरिक तथा आर्थिक उत्थानमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकिन्छ, साधन र स्रोतको पूर्णता हुन सकेमा । देशका कुना(कुनामा रहेका कुष्ठरोग लागेका व्यक्तिको पहिचान गरी उनीहरूको निःशुल्क उपचार र व्यवस्थापन गर्नु चुनौतीपूर्ण छ ।
मैरो गाउँकै एक जना कुष्ठरोग प्रभाबित ब्यक्तिको एक दिन समान्य झाँडापखालाको उपचार गर्ने क्रममा म आफै पनि घृणा गर्न पुगेछु अर्थात तपाई हामि बुझ्ने मान्छे बाट पनि कुष्ठरोग बिरामी वा प्रभावित व्यक्तिहरु मान्सिक अस्वस्थ्ताको सिकार बनि समाजिक हिसाबले बहिस्कृत हुदै गरेको दिखिएको छ ।
कुष्ठरोग के हो ?
कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने रोग हो । यो रोगले खास गरेर छाला, स्नायुमा असर गर्दछ । यो प्राचीनकालदेखि नै मानिससँग परिचित भए पनि सन् १९८३ मा मात्र नर्वेका वैज्ञानिक डा। जीए ह्यान्सनले कुष्ठरोग किटाणुको कारणले हुने रोग भनी पत्ता लगाएका हुन् ।
शरीरको कुनै पनि भागमा लाटो वा फुस्रो दाग देखा पर्नु, विस्तारै उक्त दागमा रौं झरेर जानु, पसिना नआउनु र नचिलाउनु यस रोगका लक्षण हुन् । स्नायुमा असर पर्दा हातखुट्टा लगातार झमझम हुने गर्छन् । छालाको नमुनाबाट लिएको तन्तुको रस जाँच गर्दा यो रोगका किटाणु देखा पर्छन् ।
माथि उल्लिखित चिन्ह र लक्षणबाहेक अनुहार र कानका लोतीमा गिर्खा देखिनु, छाला चम्किलो र बाक्लो हुनु तथा आँखीभौं झरेर जानु कुष्ठरोगका लक्षण हुन् । पछि गएर हातखुट्टाका औंला लाटो तथा कमजोर भई खुम्चिँदै गएर अन्त्यमा अंगभंग पनि हुन सक्छ ।
यस्ता लक्षण देखापरेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा गई परीक्षण गराई चिकित्सकको सल्लाहबमोजिम नियमित औषधि सेवन गरेमा कुष्ठरोग पूर्णरूपमा निको हुन्छ र अंगभंग हुनबाट बच्न सकिन्छ । यस रोगको औषधी नेपालका सबै अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा निःशुल्क पाइन्छ ।
कुष्ठरोगको एक मात्रा औषधीले ९९ प्रतिशत किटाणु निष्क्रिय पार्ने भएकाले औषधी सेवन गरिसकेका बिरामीबाट यो रोग अरूलाई सर्दैन । यस्ता विषयलाई समाजमा उजागर गर्नु तथा कुष्ठप्रभावित व्यक्तिलाई समाजमा आदर सम्मानका साथ स्थापित गराउनुपर्छ । कुष्ठरोगीलाई कुनै पनि प्रकारका भेदभाव गर्नु हुँदैन । उनीहरूको हकअधिकारको संरक्षण गर्नुपर्छ भन्ने मान्यता स्थापित गर्नु यस दिवसको मूल उद्देश्य हो ।
रामसिकिल यादव
जनस्वास्थ्य नीरिक्षक, शहिदनगर नगरपालिका, धनुषा
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
रामसिकिल यादब
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…