मधेशको राजधानीमा मन्त्री रेणु यादवको विरोधमा युवा सँघको जुलुस
सो जुलुसमा युवा संघका सयौँ नेता कार्यकर्ताहरुले मन्त्री रेणु यादव मुर्दावादको नारा लगाएको थियो ।

२०७८ माघ ७ शुक्रबार, दिउँसो ३:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । एमाले पार्टीको युवा सँगठन राष्ट्रिय युवा सँघले मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको विरोधमा विरोध जुलुस निकालिएको छ ।
केपी शर्मा ओली नेतृत्वको एमालेको युवा सँगठनले शुक्रबार दिउँसो मन्त्री यादवको विरोधमा जुलुस निकालेको हो । मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै युवा संघले बर्खास्तीको माग गरेको छ ।
राष्ट्रिय युवा संघ तथा जनकपुर उपमहानगरपालिकाका नगर अध्यक्ष कुश कुमार यादवको नेतृत्वमा विरोध जुलुस निकाल्दै मन्त्री यादवको अभिव्यक्तिको विरोध गर्दै प्रधानमन्त्रीसँग उनको बर्खास्तीको माग गरेको हो ।
राष्ट्रिय युवा सँघका नेता कार्यकर्ताहरुले मन्त्री यादवले रौतहटमा गत ५ गते दिएको डा. सिके राउत र किसानहरुको ह त्याको धम्कीप्रति अहिले राजनीतिक माहौल गरम भएको छ ।
सोही क्रममा युवा संघले समेत उनको अभिव्यक्तिको विरोध गर्दै सार्वजनिक पद धारण गरेकी एक मन्त्रीले गौर नरसंहारको जिम्मा लिँदै पुनः गौर नरसंहार गराउने जस्तो हिँसक अभिव्यक्ति दिएको भन्दै विरोध जुलुस निकालेको हो ।
नेता कार्यकर्ताहरुले मन्त्री यादवको बर्खास्तीको लागि प्रधानमन्त्रीले कानुनी उपचार खोज्नुपर्ने बताएका छन् । उनलाई पदबाट बर्खास्त नगरिए कडा आन्दोलन गर्ने चेतावनी संघका उपमहानगर अध्यक्ष कुश कुमार यादवले दिए ।
सो जुलुसमा युवा संघका सयौँ नेता कार्यकर्ताहरुले मन्त्री रेणु यादव मुर्दावादको नारा लगाएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…