किसानसँग अब मधेशमा जातीय राजनीति चल्दैन, कँशराजको अन्त्य हुन्छः यादव
धनुषाको पोर्ताहामा किसान आन्दोलन गोली चलाउन पनि जसपाले नै घुसपैठ गराएको आरोप लगाउँदै गौर काण्डको उदाहरणले आफ्नो चरित्र स्वीकारेको बताए । उनले भने,–“यस्तो आतंककारीलाई अब जनताले स्वयँम तह लगाउनेछ । जनताले नै जनताराज ल्याउन यस्ता तत्वहरुलाई तह लगाउनेछ ।”

२०७८ माघ ७ शुक्रबार, बिहान ११:१२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीको विद्यार्थी सँगठन विद्यार्थी जनमत सँघ धनुषाका कोषाध्यक्ष बीरेन्द्र कुमार यादवले मधेश प्रदेशबाट कँशराजको अन्त्य नजिक रहेको बताएका छन् ।
जनता समाजवादी पार्टीकी नेतृ एवम् संघीय भौतिक तथा पूर्वाधार यातायात मन्त्री रेणु कुमारी यादवले दिएको हिँसक अभिव्यक्तिप्रति तान कस्दै यादवले मधेश प्रदेशमा अब कँशराज नचल्ने चेतावनी दिएका हुन् ।
१५ वर्षमा मधेशको केही जिल्लामा यीनीहरुले गरेको ह त्या, हिँसा, बला त्कार, दमन, शोषणको हिसाब मधेशी जनताले यसैपाली लिने चेतावनी समेत दिएका हुन् । मन्त्री यादवको बोलीप्रति टिप्पणी गर्दै उनले किसानहरुसँग जातीय राजनीति नचल्ने चेतावनी दिए ।
किसानले मलखाद माग्दा सप्तरीको हनुमाननगरमा किसान विरोधी भाटा जुलुस निकाल्नु नै जनता समाजवादी पार्टीको मधेशप्रतिको मोह, किसानप्रतिको मोह र मधेशीप्रतिको मोह छर्लँग भएको आरोप लगाए ।
धनुषाको पोर्ताहामा किसान आन्दोलन गोली चलाउन पनि जसपाले नै घुसपैठ गराएको आरोप लगाउँदै गौर काण्डको उदाहरणले आफ्नो चरित्र स्वीकारेको बताए । उनले भने,–“यस्तो आतंककारीलाई अब जनताले स्वयँम तह लगाउनेछ । जनताले नै जनताराज ल्याउन यस्ता तत्वहरुलाई तह लगाउनेछ ।”
उनले बर्षौदेखि किसानहरुले भोग्दै आएको पीडालाई यसपाली जनमत पार्टीले कम्मर कसेर उठाएको भन्दै यसमा साथ दिन मधेशका किसानहरुलाई आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…