जनकपुरबाट सबै हवाई उडान ठप्प
विगत ४ दिनदेखि तराई मधेशमा बाक्लो हुस्सु र शितलहरको कारण भिजिबिलिटी न्यून भएको छ । जसको कारण हवाई उडानहरु ढिलो भएको छ ।

२०७८ माघ ६ बिहीबार, बिहान ८:२१ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा मौसमको खराबीको कारण सबै उडानहरु अहिले ठप्प भएको छ ।
जनकपुरधाममा मौसमा खराबी आएपछि विहान १० बजेसम्मको कुनै पनि उडान भर्ने सम्भावना न्यून रहेको मौसम विभाग जनकपुर शाखाका राजेन्द्र राउतले जानकारी दिए ।
उनका अनुसार, जनकपुरधाम विमानस्थलमा अहिले मात्र ५०० भिजिबिलीटि रहेकोले तत्कालै कुनै पनि विमान उडान भर्न नसक्ने भएको छ ।
विमान उडान भर्नको लागि न्यून्तम १६०० भिजिबिलिटी हुनुपर्नेमा ८ बजेसम्म मात्र ५०० भिजिबिलिटी रहेकोले तत्कालै उडान भर्न नसक्ने जानकारी दिए ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै राउतले दिउँसोसम्म मात्र केही भिजिबिलिटी बढन सक्ने तथा न्यून्तम भिजिबिलीटी १६०० आए मात्र उडान भर्न अनुमति हुने बताए ।
विगत ४ दिनदेखि तराई मधेशमा बाक्लो हुस्सु र शितलहरको कारण भिजिबिलिटी न्यून भएको छ । जसको कारण हवाई उडानहरु ढिलो भएको छ ।
जनकपुरमा विहान ८ः१५ बजेसम्मको मौसम अपडेट अनुसार मात्र ११ डिग्री सेल्सीयस तापक्रम रहेको छ । चिसो र शितलहरले यहाँका जनजीवन प्रभावित भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…