काँग्रेसबाट जितेका यी वडाध्यक्ष एमालेमा गएपछि वडाध्यक्षको कुर्शी खाली
पद रिक्त रहेको जानकारी निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर दिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । यो जानकारी निर्वाचन आयोगलाई दिनुपर्छ ।

२०७८ माघ ४ मंगलबार, बिहान ८:४४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रुपन्देही । नेपाली काँग्रेस पार्टीबाट वडाध्यक्षमा विजयी भएका एक वडाध्यक्ष एमाले पार्टीमा गएपछि सो वडा वडाध्यक्षविहिन भएको छ ।
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर ७ वडाध्यक्षविहीन भएको छ । नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष शिवपुजन बानियाँ एमालेमा प्रवेश गरेपछि वडा करिब एक महिनादेखि वडाध्यक्षविहीन छ ।
पद रिक्त रहेको जानकारी निर्वाचन आयोगले सार्वजनिक सूचना जारी गरेर दिएको छ । स्थानीय तहका जनप्रतिनिधिले दल परिवर्तन गरेमा जनप्रतिनिधिबाट हट्नुपर्ने व्यवस्था छ । यो जानकारी निर्वाचन आयोगलाई दिनुपर्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…