मधेशमा भोली सार्वजनिक विदाको घोषणा
यसका साथै, जनकपुरधामस्थित जानकी मन्दिर प्राँगनमा प्रदेशको नामाकरण र स्थायी राजधानीको टुँगो लागेपछि दिपावली समेत गरिएको हो । युवाहरुले प्रदेशको नाम र स्थायी राजधानीको टुँगो लागेपछि दीप प्रज्वलन गरी खुसियाली मनाएको छ ।

२०७८ माघ ३ सोमबार, बेलुकी ७:१९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशको ८ वटा जिल्लामा भोली (मँगलबार) सार्वजनिक विदाको घोषणा गरिएको छ ।
मधेश सरकारले सोमबार प्रदेश २ को नामाकरण र स्थायी राजधानी घोषणा गरेपछि भोली एक दिने सार्वजनिक विदाको घोषणा गरिएको हो ।
४ बर्षपछि प्रदेश २ को नामाकरण र स्थायी राजधानी पक्का गरेको खुसियालीमा मधेश सरकारले भोली मँगलबार एक दिनको लागि मधेश प्रदेशभित्रको सबै जिल्लामा सार्वजनिक विदा दिएको हो ।
मधेश प्रदेशको धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, बारा, रौतहट र पर्सा जिल्लामा मँगलबार सरकारी कार्यालयहरु एक दिनको लागि बन्द हुने भएको छ ।
सोमबार दिउँसो प्रदेश नम्बर २ को स्थायी राजधानीको लागि जनकपुरधाम र नाममा मधेश प्रदेशमा बहुमत पाएपछि भोली एक दिने सार्वजनिक विदाको घोषणा गरिएको हो ।
यसका साथै, जनकपुरधामस्थित जानकी मन्दिर प्राँगनमा प्रदेशको नामाकरण र स्थायी राजधानीको टुँगो लागेपछि दिपावली समेत गरिएको हो । युवाहरुले प्रदेशको नाम र स्थायी राजधानीको टुँगो लागेपछि दीप प्रज्वलन गरी खुसियाली मनाएको छ ।
मधेश सरकारको आन्तरिक मामिला मन्त्रालयले भोली मँगलबार एक दिन सार्वजनिक विदाको घोषणा गरेको हो । भोली सबै सरकारी कार्यालयहरु बन्द रहने भएको छ भने बैँकहरुको बारेमा अधिकारिक धारणा आएको छैनन् ।
सोमबार बसेको ससद बैठकमा उपस्थित ९९ साँसदमध्ये स्थायी राजधानीको लागि जनकपुरधाममा ७८ मत र प्रदेशको नामको लागि ८० मत दिएपछि प्रदेश २ को न्वारण भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…