रघुनाथपुरको इन्टरनेश्नल चिल्ड्रेन अँग्रेजी विद्यालयमा सप्ताहव्यापी खेलकूद
विद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न प्रकारको अतिरिक्त क्रियाकलापहरु एक सातासम्म गराउँदै आएको छ । सो क्षेत्रमा नीजि विद्यालयहरुमध्ये यो विद्यालयलाई उत्कृष्ट विद्यालको रुपमा मानिन्छ ।

२०७८ माघ ३ सोमबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरस्थित रहेको ईन्टरनेश्नल चिल्ड्रेन अँग्रेजी आवासीय विद्यालयको स्थापना दिवसको अवसरमा सप्ताहव्यापी खेलकूद प्रतियोगिता सम्पन्न भएको छ ।
वि.सं. २०५८ साल माघ १ गते स्थापना भएको सो विद्यालयको २० औँ वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी खेलकूद प्रतियोगिताको आयोजना गरी विद्यार्थीहरुलाई प्रोत्साहित गरिएको हो ।
पिजीदेखि कक्षा ७ सम्म सँचालित सो विद्यालयको सँस्थापक सुरेन्द्र साहको अध्यक्षता तथा वडा नम्बर १२ का वडाध्यक्ष प्रदीप महतोको प्रमुख आतिथ्यमा एक सातासम्म विभिन्न प्रकारको खेलकूद, हाजिरी जवाफ प्रतियोगिताहरु सँचालन भएको थियो ।

म्याराथन, हाजिरीजवाफ, कवडी, हाईजम्प, लँगजम्प लगायतका खेलकूदको आयोजना गरी प्रत्येक कक्षाबाट प्रथम, द्धितिय र तृतिय हुने विजेताहरुलाई पुरस्कार दिइएको थियो ।
यसका साथै विद्यालयको शिक्षक शिक्षिका र कर्मचारीहरुलाई समेत हरेक विद्यामा पुरस्कार प्रदान गरेको विद्यालयका प्रिन्सीपल दिगम्बर महतोले जानकारी दिए ।
विद्यालयले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न प्रकारको अतिरिक्त क्रियाकलापहरु एक सातासम्म गराउँदै आएको छ । सो क्षेत्रमा नीजि विद्यालयहरुमध्ये यो विद्यालयलाई उत्कृष्ट विद्यालको रुपमा मानिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…