भोली जनकपुरमा जसपाको पार्टी प्रवेश कार्यक्रम, धर्मेन्द्र साहसहितका युवाहरु जसपामा जाने
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह यसअघि राजेन्द्र महतोको राजपामा रहँदै आएको बेला धर्मेन्द्र साह पनि उनीसँगै राजपामा थिए । मेयर साह जसपामा गएपछि उनी पनि अधिकारिक रुपमा जसपामा प्रवेश गर्ने बताइएको छ ।

२०७८ माघ २ आइतबार, बेलुकी ७:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनता समाजवादी पार्टीले भोली सोमबार जनकपुरमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ ।
आईतबार धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ को मुखियापट्टि मुसरनीयामा आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा सयौँ जना जसपामा प्रवेश गरेका हुन् ।
सोही क्रममा जसपाका युवा नेता नविन यादवको विशेष पहलमा जनकपुरधामको जनकपुरधाम उद्योग वाणिज्य सँघ सभाहलमा समेत पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्न लागिएको हो ।
जसपाका पार्षद सदस्य समेत रहेका युवा नेता यादवले भोली सोमबार हुने पार्टी प्रवेश कार्यक्रमको लागि सबै तुक मिलाएको बताइएको छ । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम आयोजना हुने भएको छ ।
पार्टी प्रवेश कार्यक्रममा महावीर युवा कमिटिका पूर्वअध्ययक्ष एवम् होटल व्यावसायी धर्मेन्द्र साहको नेतृत्वमा दर्जनौ युवाहरु जसपामा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
यसअघि मधेश अधिकार सँघर्ष समितिमा मधेश आन्दोलनमा आन्दोलनको नेतृत्व गरेका साह सहित उनका समर्थकहरुले समेत जसपामा सोमबार अधिकारिक रुपमा प्रवेश गर्ने कार्यक्रम रहेको छ ।
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह यसअघि राजेन्द्र महतोको राजपामा रहँदै आएको बेला धर्मेन्द्र साह पनि उनीसँगै राजपामा थिए । मेयर साह जसपामा गएपछि उनी पनि अधिकारिक रुपमा जसपामा प्रवेश गर्ने बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…