केएमसी र नोबेल कलेजका सँचालक शर्मालाई विद्यार्थीहरुले दले कालोमोसो
छलफल सकेर फर्केन क्रममा शिक्षा मन्त्रालयमा पुगेका विद्यार्थीहरुले शर्मालाई कालोमोसो दलेका हुन्।

२०७८ पुस ३० शुक्रबार, बेलुकी ६:२२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन्।
शिक्षा मन्त्रालयमा भएको छलफल सकेर फर्किने क्रममा विद्यार्थीहरुले शर्मालाई मन्त्रालयको मुख्य ढोकामा नै कालोमोसो दलेका हुन्।
शर्मालाई माधव नेपाल नेतृत्व पार्टीको भातृसंस्था अनेरास्ववियुका विद्यार्थीहरुले कालोमोसो दलेका हुन्। शर्मालाई “नमस्कार सर” भन्दै अगाडि बढेका चार(पाँच जना विद्यार्थीको समूहले कालोमोसो दलेका हुन्।
चिकित्सा शिक्षाको स्नातक तहको एमबिबिएस कार्यक्रममा विभिन्न शिक्षण संस्थाहरूमा विद्यार्थी भर्ना, शुल्क तथा नियमित पठन पाठनका सन्दर्भमा समस्या समाधानका निमित्त मन्त्रालयमा आज छलफल भएको थियो।
छलफल सकेर फर्केन क्रममा शिक्षा मन्त्रालयमा पुगेका विद्यार्थीहरुले शर्मालाई कालोमोसो दलेका हुन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…