जनकपुरमा आज किसानहरुको 'महारैला' हुँदै, हजारौँ किसानहरु जनकपुर ओर्लिने
‘विरोधीले फैलाएको भम्रमा नपर्न आग्रह गर्दै’ पार्टीका सचिवालयले– ‘कोरोनाका कारण कार्यक्रम बन्द नगरेको जनाएको छ । किसान आन्दोलनलाई लक्षित गरी प्रहरीले किसानमाथि अवरोध गरेमा, आन्दोलनकारी प्रतिकारमा उत्रन बाध्य हुने जनाएको छ । उक्त कार्यबाट हुने क्षतिको जिम्मेबार नेपाल सरकार र स्थानीय प्रशासन स्वयं नै हुने नीजि सचिवालयको फेसबुक पेजमा उल्लेख छ ।

२०७८ पुस ३० शुक्रबार, बिहान ७:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । किसानहरुको माग अगाडी राखेर निन्तर आन्दोलनमा रहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीको समन्वयमा आज जनकपुरमा किसानहरुले महारैला निकाल्ने भएको छ ।
जनमत पार्टीले आह्वान गरेको सो किसान महार्यालीमा धनुषा जिल्ला भरिको किसानहरु सहभागी हुने बुझिएको छ । किसानहरुको माग पूरा गराउनको लागि सरकारलाई दबाब दिन महार्यालीको आयोजना गरिएको बताइएको छ ।
आज शुक्रबार प्रत्येक जिल्लाको सदरमुकाममा आयोजना हुने महार्यालीलाई सफल बनाउन तथा किसानहरुको माग पुराको लागि एक कदम अगाडी बढन सम्पूर्ण किसानवर्गलाई रयालीमा सहभागी हुन आग्रह गरिएको हो ।
‘विरोधीले फैलाएको भम्रमा नपर्न आग्रह गर्दै’ पार्टीका सचिवालयले– ‘कोरोनाका कारण कार्यक्रम बन्द नगरेको जनाएको छ । किसान आन्दोलनलाई लक्षित गरी प्रहरीले किसानमाथि अवरोध गरेमा, आन्दोलनकारी प्रतिकारमा उत्रन बाध्य हुने जनाएको छ । उक्त कार्यबाट हुने क्षतिको जिम्मेबार नेपाल सरकार र स्थानीय प्रशासन स्वयं नै हुने नीजि सचिवालयको फेसबुक पेजमा उल्लेख छ ।
सम्पुर्ण पार्टीले आ–आफ्ना राजनितिक आमसभा, भेला, अधिवेशनलगायतका कार्यक्रमहरु जारी नै राखेको सचिवालयले उल्लेख गरेका छन् ।
पूर्ण रूपमा लकडाउन नभए तथा विभिन्न राजनितिक पार्टीका कार्यक्रमहरू बन्द नभएसम्म, किसान आन्दोलन जारी रहने पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेशीले बताए ।
किसानहरुलाई सहज रुपमा मल, खाद, बीउ, सिँचाई हुनुपर्ने माग राख्दै जनमत पार्टीले किसानहरुको लागि आन्दोलनमा होमिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…