धनुषाको कमला नगरपालिकामा तिन दर्जनबढी युवाहरु जनमत पार्टीमा
उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा जनमत पार्टीकी केन्द्रिय सदस्य रेखा मण्डल ,पार्टीका नेता संजय साह,जनमत पार्टी कमला नगरपालिकाका अध्यक्ष मनोज बनरैत,दलित जनमत संघ धनुषा अध्यक्ष रामसागर पासवानसहितका नेताहरुको उपस्तिथि रहेको थियो ।

२०७८ पुस २८ बुधबार, राति ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि तिन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छ्न।
नगरपालिकाको वडा नम्बर ७ हठमुण्ढास्थित सामुदायिक भवनमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा स्थानीय युवा देवेन्द्र कुमार यादवको नेतृत्वमा तिन दर्जनभन्दा बढी नेता कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन।
उनिहरुलाई जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष मो. अब्दुल खानले अबिर लगाएर पार्टी प्रवेश गराएको जनमत पार्टीका युवा नेता दिपेन्द्र तेथबारले बताए ।
उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा जनमत पार्टीकी केन्द्रिय सदस्य रेखा मण्डल ,पार्टीका नेता संजय साह,जनमत पार्टी कमला नगरपालिकाका अध्यक्ष मनोज बनरैत,दलित जनमत संघ धनुषा अध्यक्ष रामसागर पासवानसहितका नेताहरुको उपस्तिथि रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…