जनकनन्दिनी गाउँपालिकामा पनि जनमतले बुझाए ज्ञापन
ज्ञापन पत्र बुझ्दै दासले किसानहरुको माग पूरा गर्नको लागि जनप्रतिनीधिबीच मुद्दा राख्ने आश्वासन दिएका थिए ।
२०७८ पुस २६ सोमबार, राति ८:४७ बजे१ मिनेट पढाइ

प्रविण पण्डित, जनकपुरधाम । विभिन्न माग राखी जारी राखेको किसान आन्दोलनको क्रममा धनुषाको जनकनन्दिनी गाउँपालिकामा समेत जनमत पार्टीले ज्ञापन पत्र बुझाएका छन् ।
जनमत पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार, प्रदेश नम्बर २ को विभिन्न जिल्लाको स्थानीय तहहरुमा किसानहरुको तर्फबाट माग राखी सोमबार ज्ञापन पत्र बुझाएको हो ।
जारी किसान आन्दोलनको माध्यमबाट पीडित किसानहरुको माग पुरा गराउनको लागि सोमबार दिउँसो जनकनन्दिनी गाउँपालिकामा जनमतका कार्यकर्ताहरुले ज्ञापन पत्र बुझाएको हो ।
उनीहरुले समयमै मल, खाद, बीउ उपलब्धताको माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । सोमबार गाउँपालिका अध्यक्ष अब्दुल बारिक शेख काम विशेषले कार्यालय बाहिर हुँदा कार्यालय प्रमुख अयोधी दास मार्फत ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै कार्यालय प्रमुख दासले किसानहरुको माग पूरा गर्नको लागि जनप्रतिनीधिबीच मुद्दा राख्ने आश्वासन दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
प्रविण पण्डित
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…