तीन जिल्लाका सिडिओहरुको सँयुक्त बैठक बस्दै, कोरोना बारे निर्णय लिने
शनिबार काठमाण्डौमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

२०७८ पुस २५ आइतबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि काठमाण्डौ उपत्यकाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक बस्दैछ ।
काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठक आज दिउँसो बस्न लागेको हो ।
कोरोना भाइरसको सङ्क्रमणदर बढ्दै गएकाले यसको जोखिम न्यूनीकरणबारे छलफल गर्न बैठक बस्न लागेको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो । पछिल्ला केहीदिनदेखि कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएको छ ।
काठमाण्डौ उपत्यका सङ्क्रमणबाट उच्च जोखिममा रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाएको छ । शनिबार काठमाण्डौमा तीन सय ६२, ललितपुरमा ९४, भक्तपुरमा २५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…