डा. सिके राउतको किसान आन्दोलनमा राजेन्द्र महतोको समर्थन
महतोको शनिवारको प्रेस विज्ञप्तिलाई चासोका साथ लिइएको छ । महतोले विगत १२ दिनदेखि केही नबोल्ने तर, १२ औं दिनमा आफै किसानहरु संग नउभिएर विज्ञप्ति जारी गरी किसानहरुको सहानुभूति प्राप्त गर्नका लागि मात्रै रहेको आरोपसमेत लगाइएको छ ।

२०७८ पुस २५ आइतबार, बिहान ८:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । विगत १२ दिनदेखि किसानहरुको माग अघि सार्दे आन्दोलनरत सीके राउत नेतृत्वको जनमत पार्टीलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले समर्थन गर्ने जनाएका छन् ।
लोसपाका वरिष्ठ नेता महतोले शनिवार एक प्रेस विज्ञप्ति जारी गरी किसानहरुको मागमा सरकारले उदासीनता देखाएको भन्दै किसानको माग तत्काल पूरा गर्न माग गरेका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ – ‘विगत दुई सातादेखि मलखाद, बीउविजन, सिचाई, उखु किसानको भुक्तानीलगायतको माग राख्दै जारी किसान आन्दोलनका माग सम्बोधन गर्नुको सट्टा सरकारले गरिरहेको दमनको घोर भत्र्सना गर्दछु । किसानहरु सडकमा उत्रिए पनि सरकारले उचित व्यवस्थापनसहितको संवाद नगरी दमनमा उत्रिएको देख्दा सरकारको किसान विरोधी मानसिकता उजागर भएको छ ।’
महतोको शनिवारको प्रेस विज्ञप्तिलाई चासोका साथ लिइएको छ । महतोले विगत १२ दिनदेखि केही नबोल्ने तर, १२ औं दिनमा आफै किसानहरु संग नउभिएर विज्ञप्ति जारी गरी किसानहरुको सहानुभूति प्राप्त गर्नका लागि मात्रै रहेको आरोपसमेत लगाइएको छ ।
डा. राउतले चालेको किसान आन्दोलनमा विभिन्न तह तप्काबाट समर्थन पाएको छ । तराई मधेश सहित पहाडी क्षेत्रबाट पनि डा. राउतले किसान आन्दोलनमा समर्थन पाउने क्रम जारी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…