बलात्कारको घटना ३ लाख रुपैयाँमा मिलाउने पूर्व सचिवसहित पाँच जना जनकपुरबाट पक्राउ
उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा पीडितका छोराले जाहेरी दिएपछि प्रतिवादीसहित मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

२०७८ पुस २४ शनिबार, राति ८:०५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, कैलाली । बलात्कार जस्तो घटनालाई रुपैयाँ दिएर मिलाउने पूर्व सचिव सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ जनकपुरबाट वडा सदस्यसहित पाँच जनालाई प्रहरीले बलात्कारको घटना मिलाएको आरोपमा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी बेदप्रकाश जोशीका अनुसार पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका वडा नम्बर ४ का पूर्व वडा सचिव यज्ञराज आचार्य, सोही वडाका वडा सदस्य लक्ष्मी रुद्र न्यौपाने, शिक्षक होम प्रसाद सुवेदी, स्थानीय ब्यापारी राजु भट्टराई र आरोपी प्रकाश सुबेदी रहेका छन् ।
उनले मिलापत्र गर्ने केही फरार रहेको र उनीहरूको खोजी कार्य भैररहेको बताए । गत मसिंर १५ गते सोही ठाउँकी ७७ वर्षिया चौधरी समुदायको महिलालाई मदिरा सेवन गरी प्रकाश सुवेदीले खेतमा लगेर बला त्त्कार गरेका थिए ।
घटना बाहिरीने डरले अर्को दिन पीडित पक्षलाई ३ लाख दिने भनेर मिलापत्र गरेका थिए ।
उक्त कसुरमा पुस २१ गते इलाका प्रहरी कार्यालय सुखडमा पीडितका छोराले जाहेरी दिएपछि प्रतिवादीसहित मिलापत्र गराउने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…