२ नम्बर प्रदेशको राजधानी वीरगँज हुनुपर्छ: वीरगँजवासी
यद्यपी, अहिले जनकपुरधामको लागि स्थायी राजधानीको सहमति लगभग पक्कापक्की भएको छ ।

२०७८ पुस २४ शनिबार, बेलुकी ६:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशको आर्थिक नगरी भनेर चिनिने वीरगँजलाई प्रदेश नम्बर २ को स्थायी राजधानी बनाउनुपर्ने माग सहित युवाहरु सडकमा ओर्लेका छन् ।
प्रदेश नम्बर २ का प्रदेश साँसदहरुलाई चेतावनी दिँदै युवाहरुले प्रदेशको राजधानी वीरगँजलाई बनाउनुपर्ने माग सहित सडक तताएका छन् ।
शनिबार वीरगँजको विभिन्न स्थानमा रयाली निकालेर प्रदेश नम्बर २ को स्थायी राजधानी वीरगँजलाई बनाउनुपर्ने माग गरिएको हो । त्यस क्षेत्रबाट साँसद बनेका नेताहरुलाई युवाहरुले वीरगँज राजधानीको लागि पहल गर्न माग पनि गरे ।
समग्र रुपमा देशकै प्रमुख प्रवेशद्वार एवम् आर्थीक नगरीको रुपमा परिचित वीरगञ्जलाई पाखा लगाउँदै जनकपुरलाई राजधानी बनाउन खोजेको भन्दै आक्रोशित वीरगञ्जवासी सडकमा उत्रिएका हुन् ।
विगत केही दिनदेखि २ नम्बर प्रदेशको अस्थायी राजधानी जनकपुरधामलाई स्थायी राजधानी बनाउन सहमति जुटेको बेला वीरगँजमा युवाहरुले प्रदर्शन गरेका छन् ।
जनकपुरधामलाई राजधानी बनाउनको लागि यहाँको पूर्वाधार समेत प्रयाप्त रहेको अवस्थामा वीरगँजलाई समेत राजधानी बनाउने माग उठेको छ ।
प्रदेशको नाम र स्थायी राजधानीको लागि पटक पटक प्रदेश सभाको बैठक बसेपछि नाममा भने अझै सहमति जुटेको छैन । यद्यपी, अहिले जनकपुरधामको लागि स्थायी राजधानीको सहमति लगभग पक्कापक्की भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…