SEE मा अधिक मार्क ल्याउने विधार्थीलाई मेयर यादवको ५१ हजार रुपैयाँ सहयोग
नगरपालिकाले आर्थिक सहयोग गरेपछी मेयर यादवप्रति उनका परिवारजनले सराहना गरे । ठूलो शिक्षामा सहुलियत हुने बिश्वास गर्दै नगरपालिकाप्रती अभार व्यक्त परिवारजन गरेका छ्न ।

२०७८ पुस २३ शुक्रबार, बेलुकी ७:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला विहारी नगरपालिकाका यसपाली एसईईमा सबभन्दा बढी अँक ल्याउने विधार्थीलाई सम्मान स्वरुप ५१ हजार राशीको चेक हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख अनिल यादवको मेयर कोषबाट मिथिला बिहारी नगरपालिका २ स्थित माध्यमिक बिधालय पर्शुराम तलावका विधार्थी मकेश्वर कुमार यादवले सुन्सरी टेक्निकल कलेजमा “डि फर्मा” मा स्कोलरसीपमा नाम निकाल्न सफल भएपछि उनलाई ५१ हजार रुपैयाँ सहयोग गरिएको हो ।
यादवको आर्थिक स्थिति कमजोर भएकोले सहयोग स्वरुप चेक हस्तान्तरण गरिएको नगर प्रमुख यादवले बताए ।
नगरपालिकाले आर्थिक सहयोग गरेपछी मेयर यादवप्रति उनका परिवारजनले सराहना गरे । ठूलो शिक्षामा सहुलियत हुने बिश्वास गर्दै नगरपालिकाप्रती अभार व्यक्त परिवारजन गरेका छ्न ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…