सिके राउतका नेताहरु गाउँपालिका पुग्दा जनप्रतिनीधिहरु कुर्शी छाडेर भागे
किसान आन्दोलन संघर्ष समितिले प्रमुख, उपप्रमुख वा प्रशासकीय अधिकृत नभेटेपछि एक जना कर्मचारीलाई ज्ञापन पत्र बुझाएर फर्केको छ। डा. सिके राउत नेतृत्वको जनमत पार्टीले करिब तीन सातादेखि किसानको मल, खाद, बीउ सहजताको लागि आन्दोलन गर्दै आएको छ ।

२०७८ पुस २३ शुक्रबार, बेलुकी ५:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । किसान आन्दोलनमा सरिक रहेको डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ को एक गाउँपालिकामा प्रवेश गर्दा जनप्रतिनीधिहरु कुर्शी छाडेर भागेका छन् ।
किसान आन्दोलन सँघर्ष समितिले शुक्रबार प्रदेश २ को सप्तरी जिल्लास्थित रहेको महदेवा गाउँपालिकामा ज्ञापन पत्र बुझाउन जाँदा जनप्रतिनीधिहरु कुर्शी छाडेर भागेको बताइएको छ ।
किसान आन्दोलन सँघर्ष समितिले शुक्रबार ज्ञापन पत्र लिएर महादेवा गाउँपालिका जाँदा जनप्रतिनीधिहरुले डा. राउतका नेता कार्यकर्ताहरु आउन लागेको आभास पाए लगत्तै कार्यालय छाडेर भागेका थिए ।
किसान आन्दोलन सुरु भएदेखि पालिका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत फरार रहेको स्थानीयहरुले बताएका छन्।
किसान आन्दोलन संघर्ष समितिले प्रमुख, उपप्रमुख वा प्रशासकीय अधिकृत नभेटेपछि एक जना कर्मचारीलाई ज्ञापन पत्र बुझाएर फर्केको छ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले करिब तीन सातादेखि किसानको मल, खाद, बीउ सहजताको लागि आन्दोलन गर्दै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…