मन्त्री साहद्वारा पतंजली योग आयुर्वेद भवन उदघाटन
कार्यक्रममा प्रदेश सभा सदस्य लगनलाल चौधरी,अशोक कुमार यादव, सिराहा जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख, लहान नगरपालिका प्रमुख मुनिलाल साह लगायतको उपस्थित रहेको थियो।

२०७८ पुस २१ बुधबार, बेलुकी ६:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, लहान । सिराहाको लहानमा सामाजिक विकास मन्त्री नवल किशोर साहले आयुर्वेद भवनको उदघाटन गरेका छन् ।
मन्त्रालय तथा अन्य दातृ निकायहरुको लागतमा निर्मित पतंजली योग आयुर्वेद भवनको बुधबार एक कार्यक्रमबीच उदघाटन गरेका हुन् ।
उदघाटन गर्दै मन्त्री साहले यस किसिमका भवनले जनतालाई स्वस्थ्य र निरोगी वन्न मदत पुग्ने भएकोले हरेक स्थानीय तहमा कम्तीमा एक वटा योग भवन हुनुपर्ने वताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य लगनलाल चौधरी,अशोक कुमार यादव, सिराहा जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख, लहान नगरपालिका प्रमुख मुनिलाल साह लगायतको उपस्थित रहेको थियो।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…