मुस्कान खातुनको जीवनकथामा फिल्म बन्दै, बीरगँज महानगरले दियो ५ लाख
मुस्कान खातुनमाथि ०७६ भदौ २० गते दुई युवकले एसिड प्रहार गरेका थिए ।

२०७८ पुस २१ बुधबार, बिहान १०:१० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बीरगँज । एसिड आक्रमणमा परेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनको जीवनकथामाथि चलचित्र निर्माण हुनलागेको छ ।
मुस्कानको जीवनकथालाई समेटेर “मुस्कान” नामक चलचित्र निर्माता रमित ढुंगानाले बनाउँन लागेका हुन् ।
चलचित्र निर्माणका लागि वीरगञ्ज महानगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गरेको छ । मंगलबार फिल्म निर्माता रमित ढुंगानालाई महानगरका प्रमुख विजयकुमार सरावगीले पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन् ।
वीरगञ्जकी छोरीको जीवनीमा सामाजिक सन्देश दिने फिल्म बन्न लागेकोले निर्मातालाई प्रोत्साहन गर्न सहयोग गरेको जनाए । चलचित्रले समाजमा हुने एसिड आक्रमण विरुद्ध बुलन्द अवाज उठाउने उनको भनाई छ ।
मुस्कान खातुनमाथि ०७६ भदौ २० गते दुई युवकले एसिड प्रहार गरेका थिए । बिहान विद्यालय जाने क्रममा उनलाई रोकेर दुई जना युवकले मिलेर उनीमाथि एसिड फालेका थिए ।
एसिड आक्रमणबाट मुस्कानको अनुहारको एकातर्फको भाग जलेको छ । जथाभावी एसिड बिक्री बन्द होस्, कसैलाई पनि एसिड आक्रमण नहोस् भनेर सन्देश दिन फिल्म बनाउन लागिएको निर्माता ढुंगानाले बताए ।
प्रदेश नम्बर २ सहित देशको विभिन्न ठाउँमा किशोरी, युवतिमाथि एसिड आक्रमण भएको घटनाहरु छन् । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधामस्थि नै आरती साहमाथि पनि एसिड आक्रमण भएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…