नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः 'प्रचण्ड'
अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।

२०७८ पुस १९ सोमबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको अध्यक्षमा पुनः पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।
सोमबार आठौं महाधिवेशनबाट चुनिएको केन्द्रीय कमिटीको पहिलो बैठकले प्रचण्डलाई अध्यक्षको रुपमा चुनेको हो । उनी निर्विरोध अध्यक्षमा चयन भएका छन् ।
बैठकमा नारायणकाजी श्रेष्ठले प्रचण्डको नाम प्रस्ताव गरेका थिए भने कृष्णबहादुर महराले समर्थन गरेका छन् ।
अरु कसैको उम्मेदवारी नपरेको भन्दै जेष्ठ सदस्यको हैसियतमा बैठकको अध्यक्षता गरेका दिनानाथ शर्माले प्रचण्ड निर्विरोध निर्वाचित भएको घोषणा गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…