मोसा दुर्घटना हुँदा एक जनाको मृत्यू
दुर्घटनामा घाइते भएका उपाध्यायलाई बर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा उपचारको लागि लगिएको थियो जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

२०७८ पुस १८ आइतबार, बिहान ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । महोत्तरीमा मोटरसाइकल दुर्घटनाग्रस्त हुंदा एक जनाको मृत्यु भएको छ ।
शनिबार दिउंसो पूर्व पश्चिम लोकमार्गको माइस्थान चोकबाट पश्चिम तर्फ जाँदै गरेको तीव्र गतिमा रहेको ज ६ प ८३४२ को मोटरसाइकल आफै अनियन्त्रित भइ बर्दिवास नगरपालिका–४ मा दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनामा परी सर्लाही जिल्लाको ईश्वरपुर–४ भक्तिपुरका ४८ वर्षीय भुवन प्रसाद उपाध्यायको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उपाध्यायलाई बर्दिवासमा रहेको शुभस्वस्तिक अस्पतालमा उपचारको लागि लगिएको थियो जहाँ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
उपाध्यायको शवलाई परीक्षणको लागि अस्पताल पु¥याइएको छ भने घटनाको अनुसन्धान जारी रहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…