जनकपुरः सँस्कृत पढदै मुस्लिम युवक
सबै विषयमा राम्रो मेहनत गर्ने इस्राफिल कम्प्युटर विज्ञानमा पनि राम्रो दख्खल राख्ने पौडेलको भनाइ छ ।

२०७८ पुस १८ आइतबार, बिहान ८:०९ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईस्लाम धर्मावलम्बीहरुको अधिकाँश बालबालिका तथा युवायुवतिहरु मदरसा पढीरहेको अवस्थामा एक मुस्लिम समुदायका युवक सँस्कृत पढन थालेका छन् ।
प्रदेश नम्बर २ को महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर ८ बस्ने २० वर्षीय इस्लाम धर्मावलम्बी युवा मोहम्मद इस्राफिल अन्सारी सँस्कृत पढन थालेका छन् ।
एक सासमा लघु सिद्धान्त कौमुदिको सङ्ज्ञा प्रकरण हरर भन्न सक्छन् उनी । सामान्यतया संस्कृत भाषा, साहित्य भनेको हिन्दू धर्म परम्पराका पनि उच्च ब्राह्मण जातिले पढ्ने, बुझ्ने विषय हो भन्ने परम्परागत मान्यता तोड्दै अन्सारीले औपचारिक शिक्षामै संस्कृत व्याकरण विषय रोजेको हो ।
अन्सारी मटिहानी–७ मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका छात्र हुन । उनी कक्षा ८ देखि सोही विद्यालयमा पढेका इस्राफिलको संस्कृत भाषा, साहित्यसहित अन्य अनिवार्यबाहेक ऐच्छिक विषय संस्कृत व्याकरण हो ।
सँचारकर्मीहरुसँग कुराकानी गर्दै ईसराफिलले “संस्कृत आदिम भाषा हो, आदिकाल बुझ्न र पढ्न संस्कृत आवश्यक छ भन्ने लाग्यो”, त्यसैले आफ्नो घरपायकको विद्यालयमा संस्कृत पढ्ने अवसर पूरा गर्दैछु ।” आपूmलाई संस्कृत व्याकरणमा आचार्य (स्नातकोत्तर) गर्ने इच्छा रहेको इस्राफिल बताउँछन् ।
“संस्कृत उच्च पठित हिन्दूको भाषा बताउने पनि भेटिन्छन्, तर भाषा कुनै जाति, समुदाय वा धर्म परम्परामा बाँधिएको हुँदैन भन्ने उदाहरण त मै छु”, इस्राफिल भन्छन्, “विद्यालयमा पढ्दा गुरुजन, सहपाठी साथी र अन्य कसैबाट अपहेलित हुनु परेको छैन, बरु मैले सबैबाट मायाँ र उत्साह नै पाएको छु ।”
अब इस्लाम धर्म परम्परा र हिन्दूभित्रकै पनि जनजाति र दलित समुदायले संस्कृत विषयको पठनपाठन रोजेर धार्मिक सङ्कुचनको परम्परा तोड्दैछन् ।
इस्राफिल आफ्नो विद्यालयका जेहेन्दार विद्यार्थी रहेका विद्यालयका प्रधानाध्यापक ईश्वरी पौडेल बताउँछन् । “इस्राफिल जिज्ञासुसँगै मेहनती छन्”, पौडेल भन्छन्, “विद्यालयमा यिनी औसत हैन, राम्रा विद्यार्थीमध्येका हुन् ।”
सबै विषयमा राम्रो मेहनत गर्ने इस्राफिल कम्प्युटर विज्ञानमा पनि राम्रो दख्खल राख्ने पौडेलको भनाइ छ । कम्प्युटरमा राम्रो दख्खल भएका इस्राफिललाई नगरपालिकाले कम्प्युटर अपरेटरको रोजगारी दिएको छ ।
धार्मिक सहिष्णुताको एक अपूर्व नमूना आफ्नो विद्यालय रहेको इस्राफिल सगर्व बताउँछन्। पछिल्लो समयमा केही महिना पहिलेदेखि विद्यालय अगाडिको धार्मिक महत्वको लक्ष्मीसागर तलाउमा प्रत्येक बिहीबार लक्ष्मीनारायणको सन्ध्याकालीन महाआरती थालिएको छ ।
इस्राफिलले यो महाआरतीमा सहभागिताका लागि उद्घोषण अपिल बनाएको छ । इस्राफिलको अपिल ज्यादै मिठासपूर्ण रहेको मटिहानीबासी बताउँछन् ।
विसं १७७५ मा तश्मैयाबाबा भनिने एक सन्तले स्थापना गर्नुभएको त्यतिखेरको संस्कृत पाठशाला कालान्तरमा मुलुककै संस्कृत शिक्षाको केन्द्र बनेको मटिहानीवासी सगर्व बताउँछन् ।
विगतमा मधेसका हउन् कि पहाडका ब्राह्मण जातिका हिन्दूमात्र पढ्ने गरेका विद्यालय अब सबै जातजातिको साझा ज्ञानकेन्द्र बनेको मटिहानी–७ कै बासिन्दा जिल्लाका वरिष्ठ पत्रकार प्रेस स्वतन्त्रता सेनानी ८५ वर्षीय विन्देश्वरीप्रसाद मण्डल बताउँछन् ।
संस्कृतमा माध्यमिक तहको पढाइ सकेपछि उच्च तहको अध्ययन गर्न यहीँ नै याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापिठ ९संस्कृत क्याम्पस० भएको हुँदा पढ्न चाहनेका लागि सजिलो रहेको छ । विद्यापिठमा स्नातकोत्तरसम्मको अध्ययन अध्यापन हुने गरेको छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…