जनमतका उपाध्यक्ष कुशवाहा सहित पक्राउ परेका सबैजना रिहा
ई. कुशवाहा डा. सिके राउतको विश्वास पात्रको रुपमा चिनिएको छ ।

२०७८ पुस १६ शुक्रबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ईन्जिनीयर बसन्त कुमार कुशवाहालाई पक्राउ गरेको केही घण्टामै रिहा गरिएको छ ।
रौतहटमा किसान आन्दोलनमा सरिक भएका उपाध्यक्ष कुशवाहासहित जनमत पार्टीका अन्य नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
शुक्रबार दिउँसो पक्राउ गरिएका ईन्जिनीयर कुशवाहा सहित अन्य नेता कार्यकर्ताहरुलाई प्रहरीले साँझ रिहा गरेको हो ।
जनमत पार्टीले किसानहरुको तर्फबाट सुरु गरेको किसान आन्दोलनको क्रममा उनलाई रौतहटको चपुरबाट प्रहरीले दिउँसो पक्राउ गरेको थियो ।
ई. कुशवाहा डा. सिके राउतको विश्वास पात्रको रुपमा चिनिएको छ । गैर आवासीय मधेशी सँघका अन्तराष्ट्रिय अध्यक्ष समेत रहिसकेका कुशवाहा मूलधारको राजनीतिमा कदम राखेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…