नागरिकले श्रृजना गरेका तथ्याङ्कलाई सरकारले मान्यता दिनु पर्ने
जसमा बिभिन्न क्षेत्रका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षण कार्यक्रममा सुरन महर्जन, हुम भण्डारी, गीता चौधरी, गणेश धामी, दिवाकर उप्रेती, विनय कार्की लगायतका विषय बिज्ञहरुले सहभागीहरुलाई प्रसिक्षण दिएका थिए ।

२०७८ पुस १५ बिहीबार, बेलुकी ५:३८ बजे१ मिनेट पढाइ

दिवारक उप्रेती, काठमान्डौँ । दिगो विकास कार्यन्वयनको अनुगमनकालागि नागरिक वा नागरिक संगठनद्वारा श्रृजना गरिएका तथ्याङ्कलाई सरकारले मान्यता प्रदान गर्नु पर्ने युवाहरुले वताएका छन ।
तिन दिन सम्म काभ्रेको धुलिखेलमा युथ एड्भोकेसी नेपालको आयोजनामा भएको “ नागरिकद्वारा श्रृजना गरिएको तथ्याङ्क र दिगो विकास” नामक प्रशिक्षण कार्यक्रममा युवाहरुले धारणा व्यक्त गरेका हुन ।
प्रशिक्षण कार्यक्रममा जनसंख्याविद डा। पद्म प्रसाद खतिवडाले भने,“ नागरिकद्वारा बिभिन्न माध्यमबाट प्राप्त गरिएका तथ्याङ्क पुरक हुन तर प्रतिस्थापन होईन । उनले भने, “नागरिकद्वारा श्रृजना गरिएका तथ्याङ्कले दिगो विकास लक्ष्यको कार्यन्वयन प्रगती मापन गर्न महत्वपुर्ण खेल्नुको साथै सरकारी तथ्याङ्क अभावलाई पनि पुरा गर्दछ ।”
नेपालमा योजनाविद देखी आम नागरिकसम्म तथ्याङ्क साक्षरताको अभाव रहेको केन्द्रिय तथ्याङ्क विभागका निर्देशक रामहरी गैरेले औल्याए । सरकार र नागरिक समाजको प्रभावकारी सहकार्य तथा समन्वयले तथ्याङ्कको गुणस्तरियता तथा विश्वसनियतालाई बढाउन सकिने गैरेले बताए ।
विश्वका कतिपय देशमा नागरिक समाजद्वारा श्रृजना गरिएका तथ्याङ्कले दिगो विकास कार्यन्वयनको अनुगमनमा महत्वपुर्ण योगदान गरेको उल्लेख गर्दै नेपालमा पछाडी पारिएका बर्ग, समुदाय र क्षेत्रसँग सम्बन्धित मुद्धामा नागरिक समाज तथा युवाहरुले तथ्याङ्क संकलन गर्नु पर्ने भिएसओ नेपालका ग्लोवल पोलिसी एडभाईजर राज कुमार गन्दर्भले बताए ।
नेपालमा पहिलो पटक नागरिकद्वारा कसरी तथ्याङ्क श्रृजना गर्न सकिन्छ भनेर युवाहरुलाई प्रशिक्षण दिएको जानकारी गराउदै यस्ता प्रकृतीका कार्यक्रमहरु युवालाई लक्षितगरी सातै प्रदेश तथा स्थानिय निकायहरुमा आगामी दिनमा संचालन गरिने कार्यक्रमको आयोजक संस्था युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले बताए ।
कार्यक्रम नेपाल एसडिजी फोरम, भिएसओ नेपाल, पार्टनस्र्स फर रिभ्यु, गैर सरकारी संस्था महासंघ तथा बियोन्ड बेईजिङ्गसँगको सहकार्यमा आयोजना भएको थियो ।
जसमा बिभिन्न क्षेत्रका ३० भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो भने प्रशिक्षण कार्यक्रममा सुरन महर्जन, हुम भण्डारी, गीता चौधरी, गणेश धामी, दिवाकर उप्रेती, विनय कार्की लगायतका विषय बिज्ञहरुले सहभागीहरुलाई प्रसिक्षण दिएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…