जनमतका कार्यकर्ता उपर प्रहरीको लाठीचार्ज, महिला किसानले घेरे प्रहरी कार्यालय
विहानदेखि नै भारदहमा जनमत पार्टीका कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गराएका थिए ।

२०७८ पुस १५ बिहीबार, दिउँसो २:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । डा. सिके राउतले आह्वान गरेको पूर्व–पश्चिम राजमार्ग बन्दको त्रममा प्रहरीले प्रदर्शनकारीमाथि लाठी चार्ज गर्दा आन्दोलनकारी महिलाहरुले प्रहरी कार्यालय घेरेको छ ।
प्रदेश नम्बर २ को सप्तरी जिल्लाको भारदहस्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले लाठीचार्ज गर्दा महिला आन्दोलनकारीहरुले प्रहरी चौकी नै घेराउ गरेको हो ।
लाठीचार्ज गर्दापनि आन्दोलनकारी नभागेपछि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजमार्ग बन्द गरी शान्तीपूर्ण ढँगले आन्दोलन गरिरहँदा पनि प्रहरीले हस्तक्षेप गरेको भन्दै महिला किसानहरुले प्रहरीचौकी घेरेकी हुन् ।
किसानको हकहितको लागि थालेको आन्दोलनमा सप्तरीकी महिलाहरुले पूर्ण समर्थन जनाउँदै पक्राउ गरिएका ५ जनालाई रिहाईको लागि प्रहरी कार्यालय घेरेकी हुन् । उनीहरुले पक्राउ गरिएका प्रदर्शनकारीलाई तुरुन्त रिहा गर्न माग गरेकी हुन् ।
विहानदेखि नै भारदहमा जनमत पार्टीका कार्यकर्ताहरुले राजमार्ग अवरुद्ध गराएका थिए । उनीहरु सडकमा टायर बालेर प्रदर्शन जारी राखेका छन् । ठूलो संख्यामा रहेका प्रहरीले बल प्रयोग गरेर राजमार्ग सञ्चालनमा ल्याएको छ ।
जनमत पार्टीले किसानलाई सहज रुपमा मलखाद उपलब्ध गराउनुपर्ने, सिँचाईको व्यवस्था गर्नुपर्ने लगायतका सात बुँदै माग राखेर अनिश्चितकालका लागि पूर्वपश्चिम राजमार्ग बन्दको घोषणा गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…