त्रिभुवन इन्टरनेश्नल एयरपोर्टबाट हुने सबै उडान रद्द
काठमाण्डौमा पनि मौसम खराब भएको छ भने उपत्यकाबाहिरका विमानस्थलमा हिउँ परेकोले तथा भिजिविलिटी कम भएकोले धेरैजसो उडान रद्द भएका हुन् ।

२०७८ पुस १४ बुधबार, बेलुकी ५:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आज बुधवार बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् ।
वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।
यसैबीच हिजो मङ्गलवार रातिदेखि भएको वर्षा र हिमपातका कारण काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएका छन् ।
आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएका विमानस्थलका सन्दीप न्यौपानेले जानकारी दिए ।
काठमाण्डौमा पनि मौसम खराब भएको छ भने उपत्यकाबाहिरका विमानस्थलमा हिउँ परेकोले तथा भिजिविलिटी कम भएकोले धेरैजसो उडान रद्द भएका हुन् ।
अन्तराष्ट्रियतर्फका उडान भने नियमित भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…