सिरहामा लगाइएको निषेधाज्ञा हटाइयो, जनमतको चक्काजाम जारी रहने
प्रशासनले पक्राउ गरिएका किसान एवम् कार्यकर्तालाई समेत रिहा गरेको छ ।

२०७८ पुस १३ मंगलबार, बेलुकी ६:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रशासनले सिरहामा लगाएको निषेधाज्ञा (करफ्यू) मँगलबारदेखि नै हटाएको छ ।
मँगलबारदेखि नै लगाएको निषेधाज्ञा साँझ हटाएको हो । आज बिहानैदेखि लगाएको निषेधाज्ञा केही घण्टामै प्रशासनले निषेधाज्ञा हटाएको हो ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले आज लगाएको निषेधाज्ञा तोडेर प्रदर्शन गरेको थियो । प्रशासनले पक्राउ गरिएका किसान एवम् कार्यकर्तालाई समेत रिहा गरेको छ ।
उनीहरुलाई रिहा गरेर मँगलबार तथा बुधबार गरी दुई दिनको लागि लगाएको निषेधाज्ञा मँगलबार साँझदेखि लागू हुने गरी हटाएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले जनाएका छन् ।
सूचनामा उल्लेख भए अनुसार, सिरहाको पूर्वमा बलान खोलादेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तरदक्षिण ५०० मिटर सहित चोहर्बादेखि सिरहा जाने बाटोमा पिके राज ईन्टरप्राईजेजसम्म तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिममा लगाउको निषेधाज्ञा हटाएको हो ।
यता, जनमत पार्टीले सिरहामा भने चक्काजाम जारी राख्ने भएको छ । सिरहाबाट निषेधाज्ञा हटाएपछि चक्काजामको आन्दोलन जारी राख्ने जनमत पार्टीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…