प्रहरीकै भ्यानमा प्रदर्शनकारीहरुले फुके आगो, भ्यान जलेर ध्वस्त
यसैबीच, प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर पाँच प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतवार राति ठक्कर दिँदा ईश्वरपुर नगरपालिका ५ का व्यापारी रामकुमार महतो घाइते भएको थियो ।

२०७८ पुस १३ मंगलबार, बिहान ८:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । आइतवार राति गस्तीमा हिँडेको प्रहरीको ना १ झ ८६९ नम्बरको भ्यानको ठक्करबाट एक व्यवसायीको ज्यान गएपछि स्थानीयवासीले प्रहरीको भ्यानमा आगो लगाईदिए ।
सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिकाको कार्यालय परिसरमा पार्किङ गरी राखेको इलाका प्रहरी कार्यालय हरिपुरको ना १ झ ७४८२ नम्बरको प्रहरीको जीपमा आक्रोशित स्थानीयवासीले आगो लगाईदिएको हो ।
यसैबीच, प्रदर्शनकारीले प्रहार गरेको ढुङ्गा लागेर पाँच प्रहरी घाइते भएका छन् । इलाका प्रहरी कार्यालय केशरगंजको गस्तीमा हिँडेको भ्यानले आइतवार राति ठक्कर दिँदा ईश्वरपुर नगरपालिका ५ का व्यापारी रामकुमार महतो घाइते भएको थियो ।
घाइते महतोको सर्लाही अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो । त्यसपछि भीड आक्रोसित बन्न पुगेको बताइएको छ ।
फेन्सी पसल बन्द गरेर न. ४३ प ५०१८ नम्बरको मोटरसाइकल चलाएर घर जाँदै गर्दा महतोलाई प्रहरीको भ्यानले ठक्कर दिएको थियो ।
आइतवार राति नै महतोको ज्यान गए पनि प्रहरीले घटना लुकाएर आज सोमवार बिहान मात्र आफन्तलाई जानकारी दिएको स्थानीयवासीले दाबी गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…