भोली पनि सार्वजनिक विदाको घोषणा
विहिबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार, शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । क्रिसमशकै दिन शनिबार परेको सार्वजनिक विदा पर्न गएको तर, विदेशमा रहेको कुटनितिक निकायहरुमा शनिबार विदा नहुने भएकोले सो अनुसार विदा दिएको बुझिएको छ ।

२०७८ पुस ९ शुक्रबार, राति ८:३९ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले शनिबार (भोली) पनि सार्वजनिक विदा दिएको छ । गृहमन्त्रालयले एक सूचना जारी गरी भोली सार्वजनिक विदाकै दिन सार्वजनिक विदा दिएको हो ।
क्रिश्चन धर्मावलम्बीहरुले मनाउने क्रिसमश डेको अवसरमा भोली शनिबार देशव्यापी सहित विदेशमा रहेको कुटनितिक निकायहरु समेत विदा रहने जनाएको छ ।
शनिबार नेपालमा सार्वजनिक विदा हुन्छ । शनिबार सार्वजनिक विदाकै दिन गृह मन्त्रालयले थप सार्वजनिक विदा भनेर सूचना प्रकाशित गरेको छ ।

विहिबार बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय अनुसार, शनिबार सार्वजनिक विदा दिने निर्णय गरेको हो । क्रिसमशकै दिन शनिबार परेको सार्वजनिक विदा पर्न गएको तर, विदेशमा रहेको कुटनितिक निकायहरुमा शनिबार विदा नहुने भएकोले सो अनुसार विदा दिएको बुझिएको छ ।
क्रिसमशको लागि जनकपुर सहित देशको विभिन्न विद्यालयमा आ आफ्नो बच्चालाई सेन्टा क्लोजको पहिरण लगाएर क्रिशमस मनाउँदै आएको छ । विभिन्न तवरबाट यसको विरोध हुँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…