निर्वाचन आयोगले विद्युतिय मतदानको थाल्यो तयारी, बिदेशबाट पनि भोट खसाउन सकिने
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न समयमा विदेशबाट पनि भोँटीँग गर्ने प्रणाली ल्याउन जोडदार माग गर्दै आएका थिए । उनले विभिन्न समयमा सरोकारबालाहरुलाई विदेशमा रहेको नेपालीहरुले पनि आफ्नो उम्मेदवारलाई भोंट गर्न पाउने अधिकारलाई सदुपयोग गर्न ज्ञापन पत्र बुझाएका थिए ।

२०७८ पुस ९ शुक्रबार, बिहान १०:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । निर्वाचन आयोगले विद्युतीय मतदानका लागि तयारी थालेको छ ।
विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ आयोगले विद्युतीय मतदानको तयारी थालनी गरेको हो ।
नेपालमा आउँदो निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने आयोगको योजना छ । आयोगका सचिव गोकर्णमणि दुवाडी का अनुसार विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् ।
यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो । सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल भएको बताइन्छ ।
नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताए।
जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले विभिन्न समयमा विदेशबाट पनि भोँटीँग गर्ने प्रणाली ल्याउन जोडदार माग गर्दै आएका थिए । उनले विभिन्न समयमा सरोकारबालाहरुलाई विदेशमा रहेको नेपालीहरुले पनि आफ्नो उम्मेदवारलाई भोंट गर्न पाउने अधिकारलाई सदुपयोग गर्न ज्ञापन पत्र बुझाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…