जनकपुरमा नेपाली काँग्रेसको निर्वाचन प्रक्रिया सुरु
जनकपुरको गोपाल धर्मशालामा राखिएको मतदान स्थलमा आ आफ्नो उम्मेदवारलाई सघाउन तथा मत खसाउन लामबद्ध हुन थालेका छन् । प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरुबाट मतदाता तथा समर्थकहरु जनकपुर आएका छन् । केही बेरमै औपचारिक रुपमा मतदान सुरु हुनेछ ।

२०७८ पुस ८ बिहीबार, बिहान ९:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाली काँग्रेसको १४ औँ महाधिबेशन अन्तर्गत प्रदेश २ को महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ ।
निर्वाचन समितिले बिहान ८ बजेदेखि नै निर्वाचन प्रक्रिया सहित मतदान सुरु हुने भनिएपनि आन्तरिक तयारी कमजोर परेपछि अहिले बिहान १० बजेदेखि चुनावी प्रक्रिया सुरु भएको छ ।
उम्मेदवारहरु मत माग्न व्यस्त देखिएका छन भने मतदाताहरु मत खसाउन लाईनमा लाग्न सुरु भएको छ ।
जनकपुरको गोपाल धर्मशालामा राखिएको मतदान स्थलमा आ आफ्नो उम्मेदवारलाई सघाउन तथा मत खसाउन लामबद्ध हुन थालेका छन् ।
प्रदेश नम्बर २ को ८ वटै जिल्लाहरुबाट मतदाता तथा समर्थकहरु जनकपुर आएका छन् । केही बेरमै औपचारिक रुपमा मतदान सुरु हुनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…