न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको कमला नगरपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
कमला नगरपालिकाको वडा नम्बर १ मँगराहास्थित शुक्रबार र शनिबार गरी दुई दिन निःशुल्क वृहत स्वास्थ्य शिविरको आयोजना गरिने भएको छ ।
मँगराहाको मावि स्कूलमा पुस ९ गते शुक्रबार र पुस १० गते शनिबार गरी दुई दिन वृहत स्वास्थ्य शिविरको आयोजना हुन लागेको हो ।
जनकपुरको प्रादेशिक अस्पताल (अँचल अस्पताल) को अगाडी रहेको मेदनता रिसर्च क्लीनिक प्रा.लि.को प्रत्यक्ष आयोजनामा सो वृहत स्वास्थ्य शिविर हुन लागेको प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसिएन डा. दिग्विजय कुमार ठाकुरले जानकारी दिए ।

साना किसान तथा कृषि सहकारी संस्थाको समेत सहयोग रहने उक्त शिविरमा डा. दिग्विजय कुमार ठाकुर सहित विशेषज्ञ डाक्टरहरुको कुशल टिम चेकजाँच गर्ने भएको छ । चेकजाँच र औषधी (दबाई) को लागि कुनै पैसा नलाग्ने जनाईएको छ ।
शिविरमा सुगर (चिनी रोग), थाईराइड, व्लडप्रेसर, छाति सम्बन्धि दमा, पेट , मुटु ,लिभर र किडनी महिला तथा प्रसुती रोग, नाक कान घाँटी, सामान्य चिकित्सक तथा बालरोग आदिको उपचार, दिसापिसाब, रगत जाँच, सामान्य घाउ खटिराको उपचार लगायत अन्य सुविधा उपलब्ध हुनुका साथै आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराउने डा. ठाकुरले जनाए ।
समाजसेवामा समेत तत्पर रहेका डा. दिगविजय कुमार ठाकुरको विशेष पहल र सहयोगमा वृहत निशुल्क स्वास्थ्य शिविर आयोजना हुने भएको छ ।
उनले हालै उद्वघाटन गरेको क्लिनिकले परोपकारी र सामुदायिक भावनाको जगमा सेवा गर्ने नीति लिएको डा. दिग्विजय ठाकुरले बताए।
पूर्वी धनुषामा सेवा प्रदान गरी विश्वास जित्न सफल भएका डा. दिग्विजय कुमार ठाकुरले ग्रामीण क्षेत्रका नागरिकलाई घरदैलोमा स्वास्थ्य सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको समाजसेवी सुरेन्द्र यादवले बताए।
साथै, प्रत्येक वर्ष यस्तै वृहत निशुल्क स्वास्थ्य शिविर लाग्ने जनकारी समते डा. ठाकुरले जनाए ।
सो कार्यक्रम शिक्षक अशोक मण्डल, सुरेन्द्र यादव, राम जीवन मण्डलको विशेष पहल रहेको बताईएको छ ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…