सशस्त्र प्रहरी बेश लहानमा ईन्चार्ज भएर आए डिएसपी पाण्डे
डिएसपी श्रेष्ठले लहानमा हुँदा आफ्नो कार्यकालमा कैयौँ अपराधी तथा अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए ।

२०७८ पुस ६ मंगलबार, राति ९:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सशस्त्र प्रहरी बल लहानको डिएसपी एवम् ईन्चार्जमा सँजीव पाण्डे आएका छन् । उनी बाराबाट सरुवा भएर लहानमा आएका हुन् ।
सशस्त्र प्रहरी बल लहानका डिएसपी सुशील श्रेष्ठ आफ्नो कार्यकाल सफलता पूर्वक निर्वाह गरि लहानबाट सरुवा भएका छन् ।
उनी सशस्त्र प्रहरी बल ६ नं गण राजबिराजमा गएका छन् । सशस्त्र प्रहरी १२ बटालियन बाराबाट सरुवा भइ डिएसपी सुशील श्रेष्ठको ठाउँमा सशस्त्र प्रहरी बेस लहानमा डिएसपी पाण्डे आएका हुन् ।
डिएसपी श्रेष्ठले लहानमा हुँदा आफ्नो कार्यकालमा कैयौँ अपराधी तथा अभियुक्तलाई पक्राउ गर्न सफल भएका थिए । लागुऔषध, चोरी निकासीको घटनामा उनले न्यूनिकरण गरेका थिए ।
बेस क्याम्प लहानमा बाराबाट पाण्डे आएपछि उनको कार्यकाल र कार्यसम्पादन पनि उत्तम हुने आम नागरिकको विश्वास छ । उनी बारामा हुँदा उनले चोरीनिकासी, वन चोरी निकासी, लागुऔषधका अभियुक्तलाई पक्राउ गरी अपराध न्यूनिकरणमा सहयोग गरेका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…