MCC सम्झौतालाई अगाडि बढाउनु हाम्रो दायित्व होः गृहमन्त्री खाँण
मन्त्री खाँणले भने, “एमसीसीबारे केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ । यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई अमेरिकाले स्वीकार गरेको छ । यो निःशर्त अनुदान हो ।”

२०७८ पुस ६ मंगलबार, बेलुकी ६:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी० सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताएका छन्।
नेपाली कांग्रेसको प्रदेश नं २ को अधिवेशनका लागि आज जनकपुरधाम आउनुभएका गृहमन्त्री खाँणले सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै एमसीसी सम्झौता पूर्ववर्ती सरकारकै पालामा अगाडी बढेको भन्दै उक्त सम्झौतालाई अगाडि बढाउनु सरकारको दायित्व भएको बताए ।
उनले देश विकासका लागि सरकारले नै एमसीसीको प्रस्ताव अघि बढाएको भन्दै एमसीसी परियोजना ऋणमा नभई निशर्त अनुदान भएको स्पष्ट पारे ।
सरकारले नेपालको विद्युतीकरण र सडक निर्माणका लागि गरेको प्रस्तावलाई अमेरिकी सरकारले स्वीकार गरी एमसीसी परियोजना अघि बढेको मन्त्री खाँणले स्पष्ट पारे ।
एमसीसी संसद्बाट पारित गर्ने सम्बन्धमा राजनीतिक दलबीच छलफल चलिरहेको उल्लेख गर्दै उहाँले निष्कर्ष निस्किने र अगाडि बढ्ने बताए।
मन्त्री खाँणले भने, “एमसीसीबारे केही भ्रम पनि होलान् । यो अमेरिकन सरकारले गरिबी निवारण, रोजगारीसँग सम्बन्धित परियोजना सञ्चालन गरिरहेको छ ।
यसैअन्तर्गत नेपाल सरकारले विद्युतीकरण, ट्रान्समिशन स्थापना र सडक निर्माणका लागि प्रस्ताव गरेको हो । त्यसलाई अमेरिकाले स्वीकार गरेको छ । यो निःशर्त अनुदान हो ।”
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…