जनकपुरका 'मनोज साह', जसले पोखरामा गएर जेसिजहरुको मनमा मधेशीको नेतृत्व दर्साए
मधेशको नेतृत्वकर्ताको आसनबाट मनोज बोलिरहँदा उनको नेतृत्वदायी भूमिकाको आँकलन उपस्थिति सहभागीहरुले गरिरहेका थिए । व्याकरण अनुसार नेपाली भाषाको शुद्वतामा केहि तलमाथी भएपनि मनोजको बोल्नै शैली र तर्कहरुले त्यसलाई ओझेलमा पारिरहेको थियो ।

२०७८ पुस ४ आइतबार, राति ८:०२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका युवक मनोज साहले मधेशीको सबल नेतृत्वलाई एक कार्यक्रम मार्फत झल्काउन सफल भए ।
नेपाल जेसिजको २०२२ वर्षको नेतृत्व चयनका लागि गण्डकी प्रदेशको पोखरामा भएको महाधिवेशनमा जनकपुरका मनोज साहले मधेशी समुदायको नेतृत्वप्रति धारणालाई बदल्न सफल भए ।
महाविधेशनको लागि राखिएको ककस समारोहमा जनकपुरधामका जेसी मनोज साह बोल्न थालेपछि ताली नै ताली बजिरहेको थियो ।
जनकपुर जेसिज २०२१ का अध्यक्ष समेत रहेका जेसी मनोज कुमार साह २०२२ का लागि केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवारका रुपमा ककसमा भाग लिन मञ्चको पोडियममा पुगे ।
योर टाइम स्टार्ट भने वितिकै मनोजले बोल्यो, ‘म सधै सोचेर बोल्ने मान्छे आज हाँसेर बोल्न मन लागेछ २, हिमाल झै२ सुनौलो दाँत देखाउदै बोल्न मन लागेछ ।’ उनको पक्षमा हुटिङ्ग र तालीको गडगडाहट सुनिन्छ ।
त्यसपछि उनले नेपाल जेसिजका पुर्व अध्यक्षहरुलाई भिष्मपितामाहा भनेपछि ठुलो ताली बज्यो । त्यसपछि उनको हरेक शब्द र वाक्यहरु पिछे तालीको गडगडाहट र हुटिङ्गको क्रम चलिरहेको देखिन्छ ।
उनी अगाडि भन्छन, ‘म तिर्कालदर्शी त्रिनेत्रधारी महादेवको भक्त हुँ, मेरो ककस भित्र प्रवेश गर्नु भन्दा अघि मेरो महादेवलाई म ममन गर्न चाहन्छु, मेरो स्वरमा स्वर मिलाई दिन तपाँई सम्पुर्ण महानुभावहरुलाई आग्रह गर्न चाहन्छु र जोडले भन्नोस हर हर महादेव२’ अनी उनीसंगै हरहर महादेवको जोडदार नारा गुञ्जिन्छ ।
यो दृश्य जनकपुरधामका लागि गौरवको परिदृश्य दर्शाइरहेको थियो । मनोजको त्यस बुलन्द आवाजमा देशभरिकै आधुनिक, व्यवसायीक र अगुवा युवाहरुका बिच जनकपुरधामको पहिचान झल्किरहेको थियो ।
मधेशको नेतृत्वकर्ताको आसनबाट मनोज बोलिरहँदा उनको नेतृत्वदायी भूमिकाको आँकलन उपस्थिति सहभागीहरुले गरिरहेका थिए । व्याकरण अनुसार नेपाली भाषाको शुद्वतामा केहि तलमाथी भएपनि मनोजको बोल्नै शैली र तर्कहरुले त्यसलाई ओझेलमा पारिरहेको थियो ।
एकजना सहभागी जेसिले तपाई जितेपछि पनि तपाईको जोस र जाँगर यस्तै रहन्छ कि रहदैन ? भने प्रश्नमा मनोजको चाख लाग्दो जवाफ पनि रोचक सुनिन्छ । उनले आफु पोखरा आउनु पुर्व भाईको रुपमा दिदि जगत जननी माता सीतालाई ढोगेर आएको भन्दै माता सीताको आर्शिवाद खेर नजाने र मलाई जिताउने सम्पुर्ण जेसिज मनहरुलाई समेत उहाँको आर्शिवाद रहने जवाफ दिएपछि तालीको गडगडाहटले थप उर्जा भरयो ।
उनी नेपाल जेसीजको ४८ औ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२२ का लागि राष्ट्रिय उपाध्यक्षमा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा साह ९ सय ६४ मत ल्याएर निर्वाचित भएको दिपक यादवले जानकारी दिए । महाधिवेशनमा १ हजार २ सय ६८ मतदान भएको थियो । महाधिवेशनबाट १२ जना उपाध्यक्ष निर्वाचित भएकोमा साहले तेस्रो स्थान ल्याएका छन् ।
जेसिज जनकपुरमा पनि मनोज कुमार साहको भुमिकालाई सराहना गरिएको छ । उनको कार्य कौशलता, कार्य सम्पादन र नेतृत्वदायी क्षमतालाई चौतर्फी प्रशँसा गरिएकै कारण पनि उनले जेसिजमा फडको हान्न सफल भएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…