विवाह दर्ता बनाउन घुस लिने वडासचिव रँगेहात पक्राउ
उनले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग तीन हजार रुपैयाँ रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।

२०७८ पुस २ शुक्रबार, बेलुकी ५:३४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक नायब सुब्बा (नासु) लाई घुस रकम सहित रँगेहात पक्राउ परेका छन् ।
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालयका वडा सचिव नायब सुब्बा मोहम्मद सिद्धिक रँगेहात पक्राउ परेका छन् ।
उनले विवाह दर्तामा सहजिकरण गरिदिने भनी सेवाग्राहीसँग तीन हजार रुपैयाँ रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
नासु मोहम्मद सिद्धिकलाई सेवाग्राहीबाट तीन हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ को कार्यालयबाट नियन्त्रणमा लिएको जनाइएको छ ।
सिद्धिकलाई पक्राउ गरी अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय बुटबल लगिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…