पर्सी आईतबार सार्वजनिक विदाको घोषणा, कहाँ कहाँ विदा हुने ?
किराँत समुदायले मनाउने उधौली पर्वको लागि देशभरि छरिएर रहेको सो समुदायको लागि मात्र विदा दिएको छ भने काठमान्डौ उपत्यकाको हकमा सार्वजनिक विदा दिएको हो । पत्रमा उल्लेख भए अनुसार, किराँत समुदाय बसोवास रहेको ठाउँमा सो समुदायको लागि आईतबार विदा दिएको छ भने काठमान्डौभित्र सार्वजनिक विदाको घोषणा गरिएको हो ।

२०७८ पुस २ शुक्रबार, दिउँसो ४:२३ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारले आगामी आईतबार (पर्सी) सार्वजनिक विदा दिने भएको छ । राजपत्रमा उल्लेख अनुसार आईतबार काठमान्डौँमा सार्वजनिक विदा दिने भएको छ ।
नेपाल सरकारको गृह मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै पर्सी आईतबार एक दिनको लागि सार्वजनिक विदा दिने उल्लेख गरेको छ ।
वि.सं. २०७८ साल पुस ४ गतेका दिन उधौली पर्व, योमरी पुन्ही ज्यापू दिवस (धान्य पूर्णिमा) को अवसरमा एक दिने सार्वजनिक विदा दिएको हो ।
किराँत समुदायले मनाउने उधौली पर्वको लागि देशभरि छरिएर रहेको सो समुदायको लागि मात्र विदा दिएको छ भने काठमान्डौ उपत्यकाको हकमा सार्वजनिक विदा दिएको हो ।
पत्रमा उल्लेख भए अनुसार, किराँत समुदाय बसोवास रहेको ठाउँमा सो समुदायको लागि आईतबार विदा दिएको छ भने काठमान्डौभित्र सार्वजनिक विदाको घोषणा गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…