चुनावमा पैसा बग्न नदिन डा. सिके राउतले तोके न्यून्तम खर्च, वडाध्यक्षले अढाई लाख मात्र खर्च गर्न पाउने
प्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारहरुले करोडौँ रुपैयाँ बगाउने, साँसदको लागि करोडौँ बगाउने , वडाध्यक्षकै लागि लाखौँ रुपैयाँ बगाएर चुनाव जित्ने प्रवृतिलाई नियन्त्रण गर्न डा. राउतले जनमत पार्टीबाट उम्मेदवारी दिने उम्मेदवारले तोकिएको भन्दा अधिक खर्च नगर्न भनेको छ ।

२०७८ पुस २ शुक्रबार, बिहान ७:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले अगामी निर्वाचनलाई लक्षित गर्दै तीनै तहका उम्मेदवारहरुको लागि आर्थिक मापदण्ड तयार पारेको छ ।
धनुषाको ढल्केबरमा बसेको जनमत पार्टीको विस्तारित बैठकले उम्मेदवारका लागि आर्थिक मापदण्ड तयार पारेको हो ।
बैठकले निर्वाचनमा प्रचार प्रसार, चुनावी सभा, स्वयंसेवक व्यवस्थापन र धरौटीका लागि उम्मेदवारले न्यूनतम रकमको जोहो गर्नुपर्ने मापदण्ड बनाएको प्रेस जनमत संघका केन्द्रीय अध्यक्ष बिपी साहले बताए ।
उनका अनुसार प्रतिनिधिसभा सदस्य अर्थात् संघीय सांसदको उम्मेदवार बन्न न्यूनतम ५० लाखको व्यवस्था गरेको देखाउनुपर्छ ।
प्रदेशसभा सदस्य, का लागि २५ लाख, पालिका अध्यक्षका लागि १२ देखि १५ लाख र वडाध्यक्षका लागि उम्मेदवारहरुले २ लाख ५० हजार रुपैयाँ जोहो गर्नुपर्ने आर्थिक मापदण्ड बनेको छ ।
बैठकमा पार्टी अध्यक्ष डा. राउतले उम्मेदवारबाट पार्टीलाई कुनै किसिमको आर्थिक सहयोग नचाहिने भन्दै आर्थिक मापदण्ड अनुसारको न्यूनतम रकम चुनावमा खर्च गर्ने मानसिकता बनाउन सुझाए ।
‘पैसा नभएकै कारण चुनाव लड्न नपाउने भनेको हैन’, उनले भने, ‘समाजमा काम गरेका र राम्रो छवि भएका व्यक्तिका लागि खर्च व्यवस्थापन ठूलो समस्या होइन् । यद्दपी न्यूनतम खर्चको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।’
अहिलेसम्म अन्य दलले उम्मेदवारका लागि आर्थिक मापदण्ड तयार पारेका छैन । तर बढी पैसा भएका व्यक्तिलाई मात्र टिकट दिने प्रबृति दलहरुमा हावी भएको छ ।
प्रतिनीधिसभा सदस्यको लागि उम्मेदवारहरुले करोडौँ रुपैयाँ बगाउने, साँसदको लागि करोडौँ बगाउने , वडाध्यक्षकै लागि लाखौँ रुपैयाँ बगाएर चुनाव जित्ने प्रवृतिलाई नियन्त्रण गर्न डा. राउतले जनमत पार्टीबाट उम्मेदवारी दिने उम्मेदवारले तोकिएको भन्दा अधिक खर्च नगर्न भनेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…