भारतीय रेलमा नेपाली रेल यात्रुहरूलाई सुविधा दिन माग
जोगबनी रेलवे स्टेशनमा बहुभाषी सोधपुछ केन्द्रको स्थापना हुनुपर्ने , महिला यात्रुहरुको सुरक्षाको लागि तथा कुनै आपतकालीन स्थितिमा सुरक्षाको लागि जोगबनी रेलवे परिसरमा महिला पुलिस बललाई खटाउनु पर्ने मांगहरु सहित अन्य जनसरोकारको मुद्दाहरुसँग संबंधित मांग पत्र बुझाईएको छ ।

२०७८ मंसिर २९ बुधबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, विराटनगर । छिमेकी मुलुक भारतको रेलमा नेपाली यात्रुहरुलाई सुविधा दिनुपर्ने भन्दै सरोकारवालाहरुले ज्ञापनपत्र बुझाएको ।
नेपाल भारतको अन्तर्राष्ट्रिय सीमामा अवस्थित जोगबनी रेलवे स्टेशन हुँदै नेपाल बाट जाने यात्रु सहित स्थानीय रेल यात्रुलाई जोगबनीबाट लामो दूरीको रेल नहुनुको कारण हुने गरेको असुविधा र समस्याहरूलाई लिएर नेपाल भारत रेलयात्री सहजिकरण परामर्श यात्री समितिले मंगलवार ज्ञापन पत्र बुझाएको छ ।
उनीहरुले जोगबनी रेलवे स्टेशनको प्रबंधक र स्टेशन मास्टर मार्फत मंडल रेल प्रबंधक कटिहार, रेल महाप्रबंधक मालेगांउको नाममा ज्ञापन पत्र बुझाईएको हो ।
नेपाल भारत रेलवे सहजिकरण यात्री परामर्श समितिबाट पप्पू अंसारी, गणेश कुमार साह, पवन कुमार साह, राजेश कुमार शर्मा, सुदीप भारती लगायतकाले ज्ञापन पत्र बुझाएका छन् ।
दिएको ज्ञापन पत्रमा नेपालको नागरिकहरुको रेल यात्रा अवधिमा वा बेला बेलामा रेलवे परिसरमा हुने असहज स्थितिको समन्वय गरी समाधानको लागि विभिन्न समस्याहरुको ध्यानाषर्ण गराउँदै धार्मिक यात्राको लागि अतिमहत्वपूर्ण दुई देश बीचको रेलयात्रीहरुको साझा विरासत सँग जोडिएर जोगबनी प्रयागराज एक्सप्रेस र कटिहार टाटा एक्सप्रेसलाई जोगबनी देखी कटिहार टाटा एक्सप्रेसको संचालन गर्नुपर्ने माग राखेको छ ।
जोगबनी रेलवे स्टेशनमा बहुभाषी सोधपुछ केन्द्रको स्थापना हुनुपर्ने , महिला यात्रुहरुको सुरक्षाको लागि तथा कुनै आपतकालीन स्थितिमा सुरक्षाको लागि जोगबनी रेलवे परिसरमा महिला पुलिस बललाई खटाउनु पर्ने मांगहरु सहित अन्य जनसरोकारको मुद्दाहरुसँग संबंधित मांग पत्र बुझाईएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…