विद्युत प्राधिकरणको बील सँकलन काउण्टर पाँच दिनसम्म बन्द हुने
नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरवारमार्ग काठमान्डौँले जारी गरेको सो सूचनामा पाँचदिन सम्म आय विद्युत नियमन आयोगको गत कार्तिक ८ गतेको निर्णय अनुसार, विद्युत प्राधिकरणको उपभोक्ता २०७८ मँसिर (अगहन) महिनाको खपत अर्थात २०७८ पुस १ गतेदेखिको रिडिँगमा लागु हुने नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर विद्युत प्राधिरकरणको एम–पावर बिलिँग सिस्टममा अपडेट गर्नुपर्ने भन्दै पाँचदिनसम्म काउण्टरहरु बन्द गर्ने सूचना गरेको हो । सँकलन काउण्टर बन्द रहने जनाएको छ ।

२०७८ मंसिर २६ आइतबार, बेलुकी ६:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले पाँच दिनसम्म बील सँकलनको काउण्टर अर्थात आय सँकलन काउण्टर बन्द गर्ने सूचना गरेको छ ।
विद्युत नियमन आयोगको गत कार्तिक ८ गतेको निर्णय अनुसार, विद्युत प्राधिकरणको उपभोक्ता २०७८ मँसिर (अगहन) महिनाको खपत अर्थात २०७८ पुस १ गतेदेखिको रिडिँगमा लागु हुने नयाँ विद्युत महसुल निर्धारण भएको र परिवर्तित महसुल दर विद्युत प्राधिरकरणको एम–पावर M-Power बिलिँग सिस्टममा अपडेट गर्नुपर्ने भन्दै पाँचदिनसम्म काउण्टरहरु बन्द गर्ने सूचना गरेको हो ।
पुस १ गतेदेखि लागु हुने गरी सो प्रणालीमा एकसाथ लागु हुने गरी अद्यावधिक (अपडेट) गर्नुपर्ने भन्दै प्राधिकरणले १ गतेदेखि ५ गतेसम्म विद्युत महसुस काउण्टरहरु बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल विद्युत प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालय दरवारमार्ग काठमान्डौँले जारी गरेको सो सूचनामा पाँचदिन सम्म आय सँकलन काउण्टर बन्द रहने जनाएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…