परीक्षा केन्द्र भित्रै सेटिँग, सँचारकर्मी निषेध
न्यूज ब्यूरो || जनकपुरधाम, ८ चैत्त । विहिबारदेखि सुरु भएको एसईई परीक्षामा विभिन्न केन्द्रहरुमा भित्रैदेखि सेटिँग मिलाएर सँचारकर्मी निषेध गरिएको छ । जनकपुरको सँकटमोचन माविमा रिपोर्टिँगको लागि गएका सँचारकर्मीहरुलाई भित्र छिर्न रोक लगाइएको छ । परीक्षा केन्द्रका केन्द्राध्यक्ष बलराम साहले सँचारकर्मीहरुल

२०७४ चैत ८ बिहीबार, बिहान १०:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ८ चैत्त । विहिबारदेखि सुरु भएको एसईई परीक्षामा विभिन्न केन्द्रहरुमा भित्रैदेखि सेटिँग मिलाएर सँचारकर्मी निषेध गरिएको छ ।
जनकपुरको सँकटमोचन माविमा रिपोर्टिँगको लागि गएका सँचारकर्मीहरुलाई भित्र छिर्न रोक लगाइएको छ ।
परीक्षा केन्द्रका केन्द्राध्यक्ष बलराम साहले सँचारकर्मीहरुलाई भित्र छिर्न नदिने समन्वय समितिको निर्णय भएको बताएका छन् ।
यता, प्रमुख जिल्ला अधिकारी सिडिओ दीलिप चापागाईले सँचारकर्मीललाई परीक्षाकेन्द्र भित्र छिर्न दिने अनुमति भएको बताएका छन् ।
उनले भने, परीक्षाकेन्द्र भित्र बाहिरी वातावरण र भित्रको वातावरण मात्र हेरेर आउन सकिने छ । धेरै बेर बस्न पाउने हामीले अनुमति दिएका छैनौ । तर भित्र भने रिपोर्टीँगको लागि पत्रकार भित्र छिर्न पाउने व्यवस्था छ ।
यसैक्रममा रिपोर्टीँगको लागि उक्त केन्द्रमा गएका केही सँचारकर्मीहरुलाई फिल्ड भित्र पनि छिर्न निषेध गरेका छन् ।
केन्द्राध्यक्ष साहले आफूहरुलाई पत्रकारलाई भित्र छिर्न नदिने निर्देशन आएको दाबी गरेका छन् भने अनुगमन समितिका प्रमुखले भने भित्र छिर्न पाउने बताएका छन् ।
साहले सँचारकर्मीलाई भित्र छिर्न नदिएपछि भित्रै भित्र चिट चोरीको लागि सेटिँग मिलाएको भनेर आरोप लगाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…