मानव अधिकार, मानव जीवनका लागि अत्यावश्यक : मुख्यमन्त्री राउत
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधिश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, डिआइजी उमेश रंजितकार, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपांग महासंघका किरण पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

२०७८ मंसिर २४ शुक्रबार, बेलुकी ६:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकारीको संरक्षण मानव जिवनको लागी अत्यावश्यक रहेको बताएका छन् ।
राष्ट्रिय मानव अधिकार आयोगद्वारा ७३ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आज जनकपुरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राउतले मनुष्यलाई समान्य जीवन यापनका लागि समेत मानव अधिकारको प्रत्याभूति हुनु आवश्य रहेको उल्लेख गरे ।
मानव अधिकार संरक्षणको लागी प्रदेश सरकार सदैव तत्पर रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले मानव अधिकार बाट बंचित समाजका उत्पिडित वर्गहरुको लागी प्रदेश सरकार एक पछि अर्को कार्यक्रमहरु ल्याइ रहेको दावी समेत गरे ।
अशिक्षा र बेरोजगारीका कारण मानव अधिकारबाट बंचित महिला , दलित मुस्लिम लगायतका समुदायहरुको लागी प्रदेश सरकारले अग्रपक्तिमा रहेको काम गरि रहेको भए पनि अपांग र यौनिक अल्प संख्यकहरुको लागी चाहदा चाहदै पनि उल्लेखनीय कामगर्न नसकेको भन्दै दुख व्यक्त समेत गरे ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उच्च अदालत जनकपुरका न्यायाधिश हरि प्रसाद बगाले, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, डिआइजी उमेश रंजितकार, संयुक्त राष्ट्र संघीय निकायका प्रतिनिधि नरेन्द्र मिश्र, एडभोकेसी फोरमका राजकुमार महासेठ, अपांग महासंघका किरण पासवान सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…