भूमिहिनलाई लालपूर्जा वितरण
उनले नापी भइसकेका गाउंब्लकको जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरू कोही पनि नछुट्ने कुरोमा जोड दिँदै नापी हुन बाँकी गाउंब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराइन् ।

२०७८ मंसिर २४ शुक्रबार, बिहान ८:०८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीका भूमिहीन नागरिकहरुलाई जग्गा वितरण गरिएको छ ।
भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशि श्रेष्ठले विहीबार अग्निसाइर कृष्णसावरन गाउंपालिकाको गाउंब्लकमा रहेका भू्मिहीन नागरिकहरूलाई जग्गाधनी प्रमाण लालपुर्जा वितरण गरेका हुन् ।
अग्निसाइर कृष्णासावरन गापा र तिरहुत गापा–का ७ सय घरपरिवारलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने सरकारी तयारी छ । जग्गा धनी प्रमाण पूर्जा वितरणको शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले पुस मसान्त सम्ममा देशभरिका नापी भइसकेका गाउंब्लकका नागरिकलाई जग्गा वितरण गरिसक्ने बताइन् ।
उनले नापी भइसकेका गाउंब्लकको जग्गा धनी प्रमाण पूर्जा वितरण अभियान सुरु गरिएको र यस अभियानमा भूमि भएर पनि भूमिविहीन बनिरहेकाहरू कोही पनि नछुट्ने कुरोमा जोड दिँदै नापी हुन बाँकी गाउंब्लकको नापी गर्नका लागि पनि प्रक्रिया अगाडि बढिसकेको जानकारी गराइन् ।
मन्त्री श्रेष्ठले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोग गठन गरेर काम शुरु गरिसकेको र मुक्त हलीया, कमैयाको पक्षमा काम गर्न र उनीहरूको वास्तविकता अध्ययन गर्न कार्यदल बनाएर काम शुरु गरिसकेको पनि उल्लेख गरिन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…