महिला काण्डमा एक पालिकाको हाकिम र लेखा अधिकृत पक्राउ
पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए ।

२०७८ मंसिर २४ शुक्रबार, बिहान ७:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बाँके । एक महिलासँगको प्रकरणमा एक पालिकाका हाकिम र लेखा अधिकृत पक्राउ परेका छन् ।
बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले यौन दुर्व्यवहार गरेको आरोपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई बुधबार नियन्त्रणमा लिइएको जानकारी दिए।
उक्त गाउँपालिकाका कर्मचारीहरु गत शुक्रबार कैलालीको टिकापुर वनभोजका लागि गएका थिए। अधिकांश कर्मचारीहरु मदिराले लठ्ठ परेका थिए।
‘वनभोज गएको समयमा आफूमाथि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले आफुमाथी यौन दुर्व्यवहार गरेको पीडितले बताएकी छन्,’ न्यौपानेले भने, ‘पीडितले प्रहरीलाई उजुरी गरिसकेपछि दुबै जनालाई नियन्त्रणमा राखेका छौं।’
पीडित महिला कर्मचारीले लिखित जाहेरी दिने तयारी पनि गरेको डिएसपी न्यौपानेले सुनाए। उनले भने, ‘पीडित महिलाले जाहेरी दिन जिप्रका आउँदैछु भनेर दिउँसो नै भन्नु भएको हो, तर बेलुकासम्म पनि आउनु भएको छैन, सायद बिहिबारसम्म आउनु होला, जाहेरी दर्ता नहुँदा अनुसन्धान सुरु गर्न सकेका छैनौं।’
पालिकाका कर्मचारीहरु गत शुक्रबार टिकापुर पिकनिक गएका थिए । सोही बिषयलाई लिएर बुधबार गाउँपालिकाका युवाहरुले गाउँपालिका कार्यालय घेराउ गर्दै नाराबाजीसमेत गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…