जन्तीलाई विदाई गर्दै विवाहपँचमी सम्पन्न
मंसिर १७ गतेबाट सुरु भएको साताव्यापी रामजानकी विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।

२०७८ मंसिर २३ बिहीबार, बेलुकी ६:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । त्रेता युगमा जस्तै बुधवार राति जनकपुरस्थित जानकी मन्दिरमा वैदिक परम्परा अनुसार भगवान राम र सीताबीच प्रतिकात्मक विवाह सम्पन्न भयो । आज रामकलेवा विधि पश्चात साताव्यापी विवाह पञ्चमी समापन भएको छ ।
आज अयोध्या लगायतका स्थानहरुबाट जन्तीको रुपमा आएका साधुसन्तलाई जानकी मन्दिर परिसरमा ५६ व्यञ्जन मिष्ठान परिकार भोजन गराएर विदाई गरिएको छ ।
जन्तीका रुपमा आएका साधुसन्तलाई चादर, कम्बल र दक्षिणा स्वरुप रुपैयाँ पैसा दिएर भव्य स्वागत गरि विदाई गरिएको छ ।
मंसिर शुक्ल पञ्चमी तिथिका दिन त्रेता युगमा भगवान श्रीराम र सीताबीच विवाह भएको स्मरणमा जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव धुमधामसँग मनाइन्छ ।
त्रेतायुगमा प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा राम र सीताको जसरी विहे भएको थियो त्यसैअनुसार वर्तमानमा पनि रामजानकीको डोलालाई स्वयम्वर गरी वैदिक परम्पराअनुसार विवाह गर्ने प्रचलन छ ।
मंसिर १७ गतेबाट सुरु भएको साताव्यापी रामजानकी विहपञ्चमी महोत्सवको पहिलो दिन नगरदर्शन, दोस्रो दिन फुलवारी लिला, तेस्रो दिन धनुषा यज्ञ, चौथो दिन तिल्कोत्सव, पाँचौं दिन मटकोर, छैठौं दिन विवाहपञ्चमी र सातौं अर्थात अन्तिम दिन रामकलेवा गरी सम्पन्न हुने गर्दछ ।
महोत्सवमा सहभागी हुन नेपाल तथा भारतका विभिन्न स्थानहरूबाट लाखौं श्रद्धालु भक्तजनहरू जनकपुरधाम आएका थिए । भगवान सीता र रामको विवाहसम्पन्न भएपछि जनकपुरधाम आएका लाखौं दर्शनार्थी घर फर्किन थालेका छन् ।
आज सामुहिक भोजका लागि जानकी मन्दिरमा ३६ व्यञ्जनको भोजन खुवाएर विवाहपँचमी सम्पन्न गरिएको छ । जन्तीको रुपमा भगवान रामको जन्मभूमि भारतको अयोध्या र अन्य स्थानबाट आएका साधुसन्तलाई भोज खुवाउने र दक्षिणासहितको बिदाइ गर्नुलाई रामकलेवा भनिन्छ ।
रामकलेवाको क्रममा भारतबाट आएका साधुहन्तलाई जनकपुरकी महिलाहरुले गितका माध्यमले गाली गर्नुका साथै मनोरञ्जन गराइन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…