पत्रकारलाई वकिलले दुरव्यवहार गरेको भन्दै महासंघद्धारा आपत्ति, कारवाही गर्न माग
अपमानजक दुर्व्यवहार गरेकोको कार्यले सिङ्गो पत्रकार जगतलाई दुःखी तुल्याएको छ । दुव्र्यहवार गर्ने कार्यको निन्दा र भत्र्सना गर्दै पत्रकारलाई त्रासको वातावरण निर्माण गर्नु प्रेस स्वतन्त्रता माथीको ठाडो प्रहार भएको उल्लेख विज्ञप्तिमा गरिएको छ ।

२०७८ मंसिर २३ बिहीबार, बिहान ८:०१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । समाचार सँकलनको क्रममा सिरहाका एक सँचारकर्मीलाई वकिलले दुरव्यवहार गरेको भन्दै आपत्ति जनाउँदै कारवाहीको माग गरिएको छ ।
नेपाल पत्रकार महासङ्घ सिरहा शाखाले समाचार संकलन गर्नका सरकारी वकिल कार्यालय सिरहाका जिल्ला न्याधिवक्ता संतोष प्रसाद भण्डारीले पत्रकार दिलिप सहनीलाई दुर्व्यवहार गरिएकोप्रति आपत्ति जनाएको छ ।
शाखाले बुधबार प्रेस विज्ञप्ति जारी गरी जिल्ला न्याधिवक्ता भण्डारीले पत्रकारमाथि दुर्व्यवहार गरिएको भन्दै गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

“ज्यान मार्ने उद्योगमा मुदामा चलाईएका मिर्चैया नगरपालिका मेयर श्रवण यादवलाई ३० हजार धरोटीमा रिहा गरेपछि रिहाईको आलोचना भए रहेकोले सरकारी वकिल कार्यालय सिरहाका जिल्ला न्याधिवक्ता संतोष प्रसाद भण्डारीलाई शोधपुछ गर्दा रिसको आवेगमा कुर्सीबाट जुरुक उठेर यताबाट तुरुन्त जानु धम्की र अभद्र भाषा प्रयोग गद्र्रै प्रहरीका टोली बोलाई न्युज २४ टेलिभिजनका सिरहा सम्वाददाता पत्रकार सहनीलाई गराउन खोजने कार्य निन्दनीय रहेको छ ।”– विज्ञप्तिमा उल्लेख छ ।
यस प्रकारको हर्कतले पत्रकार सुरक्षालाई थप चुनौती बनाईएको पत्रकार महासंघको ठहर छ । यस प्रकारको कार्यगर्नेलाई कानुनी कर्वाही गर्न महासङ्घका अध्यक्ष मनोज वनैताले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अपमानजक दुर्व्यवहार गरेकोको कार्यले सिङ्गो पत्रकार जगतलाई दुःखी तुल्याएको छ । दुव्र्यहवार गर्ने कार्यको निन्दा र भत्र्सना गर्दै पत्रकारलाई त्रासको वातावरण निर्माण गर्नु प्रेस स्वतन्त्रता माथीको ठाडो प्रहार भएको उल्लेख विज्ञप्तिमा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…