माओवादी केन्द्रको स्थानीय तह विभागमा बरबरिया मनोनित
माओवादी केन्द्र पार्टीको स्थानीय तह सदस्यमा मनोनित भएपछि उनलाई विभिन्न तह तप्काबाट बधाई ज्ञापन गरिएको छ । उनका शुभचिन्तकहरुले उनलाई फेसबुक, एसएमएस, फोन मार्फत बधाई दिने क्रम जारी छ ।

२०७८ मंसिर २२ बुधबार, बेलुकी ६:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको स्थानीय तह विभाग सदस्यमा उदय कुमार बरबरिया मनोनति भएका छन् ।
माओवादी केन्द्रको केन्द्रिय सर्कुलर अनुसार स्थानीय तह विभाग सदस्यमा बरबरियालाई मनोनीत गरिएको छ । बुधबार जारी गरिएको स्थानीय तहको पदाधिकारीहरुको नामावलीमा धनुषाबाट बरबरियालाई मनोनित गरिएको हो ।
धनुषाको शहिदनगर नगरपालिकाका मेयर समेत रहेका माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रदेश कमिटि सदस्य बरबरियालाई स्थानीय तहको सदस्यमा मनोनित गरिएको हो ।
नगर प्रमुखमा माओवादीबाट विजयी भएका बरबरिया केही दिनमै प्रदेश कमिटिको सदस्यमा चयन गरिए । उनी धनुषाबाट प्रदेश कमिटिमा चयन भएको केही महिनापछि स्थानीय तहको सदस्यमा पनि मनोनित हुन सफल भएका छन् ।
माओवादी केन्द्र पार्टीको स्थानीय तह सदस्यमा मनोनित भएपछि उनलाई विभिन्न तह तप्काबाट बधाई ज्ञापन गरिएको छ । उनका शुभचिन्तकहरुले उनलाई फेसबुक, एसएमएस, फोन मार्फत बधाई दिने क्रम जारी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…