राष्ट्रिय परिचयपत्रका लागि भारी सँख्यामा कर्मचारी माग, यसरी भर्नुहोस फाराम

२०७८ मङ्सिर २२ बुधबार
बिहान ०८:४२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा रोजगारीको अवसर खुलेको छ । राष्ट्रिय परिचयपत्रको विवरण संकलनका लागि विभागले करारमा ८० जना कर्मचारी माग गरेको हो ।

यस अन्तर्गत छानिएका कर्मचारी (दर्ता अपरेटर) ले विभिन्न जिल्लाका स्थानीय तहमा सञ्चालन हुने घुम्ती टोलीमा रही नागरिकका विवरण संकलन गर्नुपर्नेछ ।

प्राप्त आवेदनमध्ये खुल्ला प्रतिस्पर्धाबाट योग्य कर्मचारी छानिने विभागले जनाएको छ । त्यस्तै योग्यताक्रम अनुसार थप ८० जनालाई वैकल्पिकमा छनौट गरिनेछ ।

इच्छुकले पुस ५ गतेसम्म आवेदन बुझाउनुपर्नेछ । न्यूनतम कक्षा १२ पास गरेका र तीन महिनाको कम्प्युटर सम्बन्धी तालिम लिएका व्यक्तिले यो जागिरको लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले विभागको वेबसाइटमा गएर स्क्रिनको माथिपट्टि दाहिनेतिर भएको ‘भ्याकेन्सी’ मा क्लिक गर्नुहोस् । त्यहाँ गएर आफ्नो युजर आईडी बनाएर दर्ता फारम अनलाइनमार्फत भर्न सक्नुहुन्छ ।

जागिर र कामको विषयमा थप विवरणका लागि यहाँ क्लिक गर्नुहोस् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

Bureau Menus