नेपालमा ओमिक्रोन संक्रमण भेटिएका दुबै जना संक्रमणमुक्त, सम्पर्कमा आएका सबै नेगेटिभ
मन्त्रालयले सोमबार नेपालमा रहेका २ जना विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको जानकारी दिएको थियो।

२०७८ मंसिर २१ मंगलबार, बेलुकी ६:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । नेपालमा कोरोना भइरसको ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना विदेशी नागरिक कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार दुबै जना नागरिकको नमुना परीक्षणका क्रममा नेगेटिभ रिपोर्ट आएको छ। उनीहरु दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए।
मन्त्रालयले सोमबार नेपालमा रहेका २ जना विदेशी नागरिकमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेको जानकारी दिएको थियो। ६६ र ७१ वर्षका दुई विदेशीमा ओमिक्रोन देखिएको थियो।
उनीहरु दुबै जना होटल क्वारेन्टिनमा छन्। उनीहरु मात्र नभई उनीहरुको सम्पर्कमा आएका ७८ जनामा पनि कोरोना नेगेटिभ रिपोर्ट आएको डा पौडेलले जानकारी दिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…